News Portal

रेडियो सुन्नुहोस्

फेसबुकबाटै पत्ता लाग्ने धनी, गरिब

सिखबर संवाददाता
१४७८ पटक

फेसबुकले अब मानिसको आर्थिक अबस्थाको बारेमा थाहा पाउने प्रविधिको विकास गर्ने योजना सार्वजनिक गरेको छ ।जसबाट स्वचालित रुपमा फेसबुक प्रयोगकर्ताको सामाजिक आर्थिक अवस्थाको बारेमा जानकारी हुनेछ ।

त्यसको लगि प्याटेन्ट एप्लिकेशन पनि दर्ता गरेको छ । यो प्रविधिले सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताको सामाजिक आर्थिक अवस्था पत्ता लगाउँदै उनीहरुलाई काम गर्ने वर्ग, मध्यम वर्ग वा उपल्लो वर्ग भनेरसमेत विभाजन गर्ने प्रविधिको प्याटेन्ट दर्ता गरेको हिन्दूस्तान टाइम्सले आफ्नो अनलाइन संस्करणमा लेखेको छ।

सामाजिक सञ्जालको बादशाह फेसबुकले दर्ता गरेको प्याटेन्टअनुसार, उसले फेसबुक प्रयोगकर्ताको सामाजिक आर्थिक स्तर पत्ता लगाउनका लागि प्रयोगकर्ताका व्यक्तिगत विवरण जस्तै शिक्षा, घर भए वा नभएको र इन्टरनेट प्रयोग जस्ता तथ्यांक संकलन गर्ने प्रविधिको विकास गर्न चाहेको शनिबार डेलीमेलले जनाएको छ ।

फेसबुकले यस्तो प्याटेन्ट शुक्रबार सार्वजनिक गरेको डेलीमेलले उद्धृत गरेको छ । उसले सार्वजनिक गरेको प्याटेन्टमा फेसबुक प्रयोगकर्तासमक्ष उचित विज्ञापन मात्रै पुगोस् भनेर लक्षित वर्गसम्म पुग्नका लागि एल्गोरिद्म नामक एउटा गणितीय प्रणालीको पनि विकास गरिनेछ।‘

अब फेसबुक प्रयोगकर्ताका सामाजिक आर्थिक स्तर पूर्वानुमान गरेर प्रायोजन गरिएको विज्ञापन लक्षित तेस्रो पक्षसम्म पु¥याउन विज्ञापनदातालाई सजिलो हुने छ,’ प्याटेन्टमा जनाइएको छ ।‘ यो प्रणालीको विकासले तेस्रो पक्षले प्रभावकारी ढंगले आफ्ना सामान र सेवाको विज्ञापन गर्न सक्छन् र अनलाइन प्रणालीले अनुभवी प्रयोगकर्ता माझ पुग्न सजिलो हुन्छ,’ शुक्रबार फेसबुकले जारी गरेको प्याटेन्टमा जनाइएको छ ।

फेसबुकले आफ्ना प्रयोगकर्तालाई सुरुमा उनीहरुको उमेर सोध्ने छ र त्यसपछि सोही उमेर समूहकालाई थप उचित प्रश्नहरु सोध्ने छ। ‘प्याटेन्टमा, २० देखि ३० वर्ष उमेर समूहका मानिसलाई कतिवटा इन्टरनेट डिभाइस प्रयोग गर्नुहुन्छ भनेर सोधिने छ भने ३० देखि ४० वर्ष उमेर समूहका मानिसलाई उनीहरुको आफ्नै घर छ कि छैन भनेर सोधिने छ,’ रिपोर्टमा जनाइएको छ ।

फेसबुकले आफ्ना प्रयोगकर्ताको सामाजिक आर्थिक अवस्था पत्ता लगाउन प्याटेन्ट दर्ता गरेको बताएपनि लक्षित समूहलाई मात्रै गरिन्छ वा सबैलाई भनेर प्रष्ट नबनाएको डेलीमेलले जनाएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...