News Portal

रेडियो सुन्नुहोस्

अपाङ्गहरूले सेवा नपाएको गुनासो

मधुसुदन पोख्रेल१६ मंसिर, प्यूठान
१७३४ पटक
१६ मंसिर, प्यूठान

अपाङ्गहरुले आफुहरुले पाउने कुनै पनि किसिमको सेवा सहज रुपमा नपाएको गुनासो गरेका छन । दिगो विकासको लक्ष अपाङ्गता मैत्री भविश्य भन्ने मुल नाराका साथ २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा प्यूठान नगरपालिकाद्धारा आयोजित अनुशिक्षण तथा सरोकारवलाहरु बीच भएको अन्तरक्रिया कार्यक्रममा यस्तो गुनासो व्यक्त गरेका हुन ।

सेवा कागजमा मात्र सिमीत भएकोलभन्दै अपाङ्गहरु प्रती गर्ने व्यभार तथा सेवा अलि फरक भएको गुनासो राख्दै नगर अपाङ्गग सेवा सघंका सदस्य फन प्रसाद भन्डारीले यातायातमा क्षेत्रमा अभद्र व्यभार गर्ने,अपाङ्गपरिचय पत्रको लागु नगरीदिने, स्वास्थ्य क्षेत्रमा सेवा लीन जादा लाइनमै बस्नु पर्ने ,सरकारी सेवासुविधा पनि पहुचवालले मात्र पाउने,अपाङ्गगहरु प्रति पनि स्थानीय सरकारले चासो नदिएको गुनासो व्यक्त गर्दै हरेक क्षेत्रमा अपाङ्गमैत्री हुनु पर्ने माग राख्नु भएको छ । साथै कार्यक्रममा सरकारले पनि अपाङ्गगहरुका लागि स्वास्थ्य विमा निसुल्क हुनु पर्ने माग राखेका छन ।

प्यूठान नगरपालिका भित्र रहेका विभिनन वर्गमा पर्ने ४० जना अपाङ्गहरु लगाएत विभिन्न सरोकारवालाको उपस्थीती रहेको कार्यक्रममा प्रवक्त शिवराज पण्डितले अपाङ्गहरुका लागि संविधानमा भएका ऐन को बारेमा जानकारी गराउनु भएको थियो।कार्यक्रमा उठेका गुनासोको संवोधन गर्दै नगर प्रमुख अर्जुन कुमार कक्षपतिले अपाङ्गगहरुको संरक्षण गर्ने दयित्व स्थानिय सरकारको भएको भन्दै सरकारले दिने सेवासुविधा बाट कोहि नछुटोस भन्नका निम्ती स्थानिय सरकार लागि परेको बताउनु भयो । प्यूठान नगरपालिकाले अपाङ्गहरुका लागि ८ लाग वजेड विनियोजन गरेको बताउनु भयो । साथै कसैले पनि दुख नपाओस भन्न्को निम्ती नगरपालिकाले एकलाखको अपाङ्गकोषको स्थापना गरेको समेत जानकारी गराउनु भयो । साथै कक्षपतिले अव देखी ग वर्गका अपाङ्गले पनि पाउने सेवा नगर सरकारले व्यवस्था गरेको बताउनु भयो । कक्षपतिले स्थानीय सरकार नागरीककै साथमा रहेका भन्दै उठेका गुनासोहरुको तत्काल समाधान गर्न पहल गर्ने बताउनु भयो । नगर भित्र रहेका कुनै पनि नागरीकहरुको गुनासो र नगरपालिकाले दिने सेवा सुविधाको जानकारी लिनको लागि टोल फ्री नम्मरको पनि व्यवस्था गरेको बताउनु भयो । नम्मरमा फोन गर्दा पैसा लाग्दैन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...