News Portal

रेडियो सुन्नुहोस्

अनुदान: गर्नेलाई अवसर नगर्नेलाई झन्झट

सिखबर संवाददाता२९ मंसिर, प्यूठान
११०४ पटक
२९ मंसिर, प्यूठान

सरकारले वितरण गरेको कृषि अनुदान व्यवसायिक किसानलाई राम्रो अवसर वनेको छ भने अनुदानकै निम्ति कृषिपेसामा जोडिनेलाई झन्जट र समस्या वन्न पुगेको छ। वितरित अनुदानमा प्रस्न उठेसंगै मन्त्रालयले अनुगमनमा कडाई गरेपछी अनुदानकै निम्ति व्यवसाय दर्ता गर्नेहरु समस्यामा परेका हुन। गलत विवरण पेस गरेर अनुदान पाएका र अनुदानको निम्ति कृषि गरेर छोडेकालाई अनुगमनको क्रममा निरन्तर आउने प्रश्नले झन्झट र समस्या वनाएको छ।

प्रदेश ५ मा कृषि क्षेत्रमा दिईएको अनुदान को विषयमा प्रदेशको कृषि, वन तथा वातावरण समितीले केही समयअघी अनुगमन गरेको थियो। त्यसलगत्तै मन्त्रालयको टोलिले पनि १२ जिल्लामै पुगेर अनुगमन गरेको छ। अनुगमनको क्रममा व्यवसायिक कृषकहरुको निम्ति अत्यन्तै राम्रो अवसर वनेको र केहिले दुरुपयोग समेत गरेको पाईएको हो।

समूह र सहकारी मार्फत भएका कामहरुमा व्यवस्थापकिय पक्ष पनि कमजोर रहेको पाईएको छ। सामुहिक कार्यक्रममा व्यवस्थापकिय पाटो कमजोर देखिएको र चुस्त वनाउन सुझाव दिईएको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका पशुपंक्षी महाशाखा प्रमुख डा. प्रदिप शर्मा पौडेलले वताए।

स्मार्ट कृषि: जनता जगाउन संघर्ष

स्मार्ट कृषि कार्यक्रम व्यवसायिक कृषकका निम्ति राम्रो अवसर वनेपनी समुदायका सवैलाइ व्यवसायप्रति आकर्षित गर्न कठिनाई भएको स्मार्ट कृषि कार्यक्रमका सहसंयोजक वोम वहादुर भण्डारीले वताए। प्यूठान नगरपालीका ९ र १० मा स्मार्ट कृषि कार्यक्रम लागू भएको छ। यौटै क्षेत्रमा गर्ने भनिएको कार्यक्रम दुई क्षेत्रमा लागू गरिएको छ। जनता नजागेकै कारण स्मार्ट कृषि यौटै टोलमा कार्यन्वयन हुन नसकेको उनले वताए। ” मलाई स्मार्ट कार्यक्रमले थप खुसि वनाएको छ। पहिले २ टनेल मात्र तरकारी खेती थियो अहिले अनुदान पाएपछी ४ टनेलभित्र र वारीमा पनि तरकारी खेती गरीरहेको छु।”- मरन्ठानाका डेडमान भण्डारीले भने। व्यवसायीक कृषकका लागि कार्यक्रम राम्रो वनेको छ। स्मार्ट कृषि अन्तरगत टनेल वितरण, तरकारी खेती, भकारो सुधार, सुन्तला खेती लगायत कार्यक्रम गरिएको छ।

माछा पकेट: अलपत्र

मरन्ठानामै माछा पकेटका लागि ल्याएको अनुदान भने दुरुपयोग भएको पाईएको छ। माछा पोखरीमा माछानै छैन भने वर्डा नं ९ मा कार्यन्वयन गर्ने योजना वाट १० र ४ वडामा पनी पोखरी खनिएको छ। अनुगमन टोलिले हाते जालको विवरण पेस गरि उक्त सामाग्री खरिद नै नगरेको तथ्य समेत फेला पारेको छ।

नर्सरी: संरचना वन्यो उत्पादन भएन

प्रदेस र स्थानिय सरकारको लगानिमा माण्डवि गाउपालीकामा वनेको नर्सरी संरचनामै सिमित वनेको छ। लाखौ रुपैया खर्चिएको नर्सरीको संरचना प्रयोगमा अाउन नसकेको हो। नर्सरी नाईके नियुक्त भैसकेकाले एक हप्तामै काम अगाडि वढ्ने गाउपालीकाका प्रमुख प्रशासकिय अधिकृत शिशिर रिजालले वताए। अन्य स्थानवाट माथिल्लो तहमा मलिलो माटो ल्याएर केही दिनमै उत्पादनको प्रक्रिया सुरु गर्ने गाउपालीका अध्यक्ष श्रीधर रोकाले वताए। अहिले गाउंपालीकाले नै नर्सरी सञ्चालन गर्नेगरी नर्सरी नाईके नियुक्त गरिसकेको छ।

सुचनाको पहुंचमा पुगेनौ- किसान

माण्डवी गाउंपालीका मर्कावाङका किसानले आफुहरुले प्रदेश र केन्द्र सरकारका कृषि सम्वन्धी सुचना कमै जानकारी पाउने गरेको वताए। “कृषीका अनुदान कहिले खुल्छ कहिले वाडिन्छ प्राय थाहा हुदैन।” स्थानिय कृषक हेमराज अधिकारीले भने- “हामिले पन्ध्र-सोह्र वर्षदेखी तरकारी खेती गर्दै आएका छौं। सिजनमा यहावाट हजारौ किलो तरकारी वाहिरीन्छ। सानो अनुदानले पनि हामिलाई सहयोग पुगेको छ। तर प्रयाप्त छैन।”

अनुगमनको भिडियो फाईल हेर्न यसमा क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

प्यूठानमा आगलागीमा संलग्न ४ जना पक्राउ

आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्यूठानका अनुसार...

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका...

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...