News Portal

रेडियो सुन्नुहोस्

कोभिड-(१९) विरुद्धको लडाईमा नेपाल जनस्वास्थ्य संघलाइ ६ सुझाव

बिकेश मल्ल२०७७/०१/०६, प्यूठान
१९८१ पटक
२०७७/०१/०६, प्यूठान

पेशागत संघ तथा महासंघको भुमिका विशेष समय र सन्दर्भमा हुन्छ र हुनुपर्दछ। अहिले कतिपयले विश्वयुद्घको रुपमा अर्थ्याएको र विश्वस्वास्थ्य संगठनले विश्वमहामारीको घोषणा गरिसकेको कोरोना भाईरस संक्रमण (COVID-19) संग विश्वसमुदाय लडिरहेको छ। २२ लाख वढी मानिसहरु संक्रमित भएको र डेढलाख वढि मानिसको ज्यानसमेत लिएको यो भाईरसवाट संसारका सवै मुलुकहरु प्रभावित छन्। विश्वशक्तीशाली राष्ट्रहरु भनिएका देशहरुलाई पनि कोरोना संक्रमणसंगको लडाई निकै जटिल वनिरहेको छ।
यो महामारीविरुद्घ विश्वसमुदाय संघर्ष गरिरहेको सन्दर्भमा यो लडाईको अग्रमोर्चामा स्वास्थ्यकर्मिहरुले लडिरहेका छन्। स्वास्थ्यकर्मिहरुको संघर्ष, आत्मवल र उत्प्रेरणानै कोरोनाविरुद्घको लडाईको नतिजामा मुख्य भुमिका रहन्छ। यसर्थ स्वास्थ्यकर्मिको सुरक्षा, क्षमता, उत्प्रेरणाका ननिम्ती कोरोना भाइरस नियन्त्रण को सन्दर्भमा नेपाल जनस्वास्थ्य संघ (नेफा) ले निम्न कार्यहरु गर्नै पर्थ्यो र अहिले पनि गर्नुपर्छ।

१- देश भरी रहेका पेसा मा समाबेश भयका र नभएका जनस्वास्थ्यकर्मी को तथ्यांक संकलन गरि निज ब्यक्ती को सम्बन्धि पालिका संगै front line मा कार्य गर्न अनुरोध गरि आवश्यक PPE तथा motivation दिई पठाउनु पर्थ्यो ! ताकी राज्यले नेफा ले खटायका जनस्वास्थ्यकर्मी बाट केही सिकेर भावी रणनीति बनाउन सक्थ्यो !

२-राज्य ले स्वंमसेविका खटाउने निणय संगै नेफा ले पनि पढ्दै गरेका अहिले को तथ्याक अनुसार १५०० माथी जनस्वास्थ्यका बिद्यार्थी जस्तै(Community Health Diagnosis र District Health Program सक्कायर बसेका बिद्यार्थी लाई निज को नजिक पर्ने स्वंमसेविका संगै खटाइ contact tracing गराउन मदत गर्न सक्छ्न ताकी जनस्वास्थ्य का बिद्यार्थीहरु बाट गराउदा अझ गुणस्तरिय तथ्यांक आउथ्यो , यो गर्न सक्थ्यो र सक्छ!

३- नेफाले Researcher, Epidemiologist जस्ता बिसेसज्ञ हासिल गरेका जनस्वास्थ्यकर्मी लाई CoViD_19 को National situation तथा यस बाट मानिसिक संगै आर्थिक परिस्थिति को Evidence खडा गर्न सक्नु पर्थ्यो र सक्नु पर्छ !

४-नेफा ले आफू अन्तर्गत का प्रदेश बिभाग लाई राज्य संगै समन्वय गराइ CoVID -19 बाट बढी प्रभावित भयको जिल्ला मा Counselling र motivation गर्न भनी गोपनियता कायम गरि परिवार का सदस्य लाई Motivation तथा counselling गर्न लगाउन सक्थ्यो र सक्नु पर्छ!

५- नेपाल सरकारले ले लक्डाउन गरे लगत्तै नेफा ले गर्न सक्थ्यो देश ब्यापी रुपमा केन्द्रिय कमिटि, प्रदेश कमिटि, बिसेसज्ञ जनस्वास्थ्यकर्मी तथा स्वास्थ्यकर्मी, अर्थबिद तथा सरोकार वाला निकाय संग निरन्तर Video conference गरि सरसल्लाह, सुझाब संकलन गरि कार्य तर्जु मा गर्नु सक्छ र सक्थ्यो !

६- विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था संग समन्वय गरि केही हद सम्म जनशक्ति परिचालन गर्न को निम्ति PPE तथा आर्थिक बेबस्थापन गर्न सक्थ्यो!  सक्छ! र सक्नुपर्छ!
धन्यवाद !

(सुदुरपश्चिम् प्रदेश-बझाङ निवासी बिकेश मल्ल जनस्वास्थ्यकर्मी हुनुहुन्छ। हाल प्यूठान जिल्लामा टिवी कार्यक्रममा जिल्ला कार्यक्रम अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ।)

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...