News Portal

रेडियो सुन्नुहोस्

कोभिड-(१९) विरुद्धको लडाईमा नेपाल जनस्वास्थ्य संघलाइ ६ सुझाव

बिकेश मल्ल२०७७/०१/०६, प्यूठान
१६८६ पटक
२०७७/०१/०६, प्यूठान

पेशागत संघ तथा महासंघको भुमिका विशेष समय र सन्दर्भमा हुन्छ र हुनुपर्दछ। अहिले कतिपयले विश्वयुद्घको रुपमा अर्थ्याएको र विश्वस्वास्थ्य संगठनले विश्वमहामारीको घोषणा गरिसकेको कोरोना भाईरस संक्रमण (COVID-19) संग विश्वसमुदाय लडिरहेको छ। २२ लाख वढी मानिसहरु संक्रमित भएको र डेढलाख वढि मानिसको ज्यानसमेत लिएको यो भाईरसवाट संसारका सवै मुलुकहरु प्रभावित छन्। विश्वशक्तीशाली राष्ट्रहरु भनिएका देशहरुलाई पनि कोरोना संक्रमणसंगको लडाई निकै जटिल वनिरहेको छ।
यो महामारीविरुद्घ विश्वसमुदाय संघर्ष गरिरहेको सन्दर्भमा यो लडाईको अग्रमोर्चामा स्वास्थ्यकर्मिहरुले लडिरहेका छन्। स्वास्थ्यकर्मिहरुको संघर्ष, आत्मवल र उत्प्रेरणानै कोरोनाविरुद्घको लडाईको नतिजामा मुख्य भुमिका रहन्छ। यसर्थ स्वास्थ्यकर्मिको सुरक्षा, क्षमता, उत्प्रेरणाका ननिम्ती कोरोना भाइरस नियन्त्रण को सन्दर्भमा नेपाल जनस्वास्थ्य संघ (नेफा) ले निम्न कार्यहरु गर्नै पर्थ्यो र अहिले पनि गर्नुपर्छ।

१- देश भरी रहेका पेसा मा समाबेश भयका र नभएका जनस्वास्थ्यकर्मी को तथ्यांक संकलन गरि निज ब्यक्ती को सम्बन्धि पालिका संगै front line मा कार्य गर्न अनुरोध गरि आवश्यक PPE तथा motivation दिई पठाउनु पर्थ्यो ! ताकी राज्यले नेफा ले खटायका जनस्वास्थ्यकर्मी बाट केही सिकेर भावी रणनीति बनाउन सक्थ्यो !

२-राज्य ले स्वंमसेविका खटाउने निणय संगै नेफा ले पनि पढ्दै गरेका अहिले को तथ्याक अनुसार १५०० माथी जनस्वास्थ्यका बिद्यार्थी जस्तै(Community Health Diagnosis र District Health Program सक्कायर बसेका बिद्यार्थी लाई निज को नजिक पर्ने स्वंमसेविका संगै खटाइ contact tracing गराउन मदत गर्न सक्छ्न ताकी जनस्वास्थ्य का बिद्यार्थीहरु बाट गराउदा अझ गुणस्तरिय तथ्यांक आउथ्यो , यो गर्न सक्थ्यो र सक्छ!

३- नेफाले Researcher, Epidemiologist जस्ता बिसेसज्ञ हासिल गरेका जनस्वास्थ्यकर्मी लाई CoViD_19 को National situation तथा यस बाट मानिसिक संगै आर्थिक परिस्थिति को Evidence खडा गर्न सक्नु पर्थ्यो र सक्नु पर्छ !

४-नेफा ले आफू अन्तर्गत का प्रदेश बिभाग लाई राज्य संगै समन्वय गराइ CoVID -19 बाट बढी प्रभावित भयको जिल्ला मा Counselling र motivation गर्न भनी गोपनियता कायम गरि परिवार का सदस्य लाई Motivation तथा counselling गर्न लगाउन सक्थ्यो र सक्नु पर्छ!

५- नेपाल सरकारले ले लक्डाउन गरे लगत्तै नेफा ले गर्न सक्थ्यो देश ब्यापी रुपमा केन्द्रिय कमिटि, प्रदेश कमिटि, बिसेसज्ञ जनस्वास्थ्यकर्मी तथा स्वास्थ्यकर्मी, अर्थबिद तथा सरोकार वाला निकाय संग निरन्तर Video conference गरि सरसल्लाह, सुझाब संकलन गरि कार्य तर्जु मा गर्नु सक्छ र सक्थ्यो !

६- विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था संग समन्वय गरि केही हद सम्म जनशक्ति परिचालन गर्न को निम्ति PPE तथा आर्थिक बेबस्थापन गर्न सक्थ्यो!  सक्छ! र सक्नुपर्छ!
धन्यवाद !

(सुदुरपश्चिम् प्रदेश-बझाङ निवासी बिकेश मल्ल जनस्वास्थ्यकर्मी हुनुहुन्छ। हाल प्यूठान जिल्लामा टिवी कार्यक्रममा जिल्ला कार्यक्रम अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ।)

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

छेडियो नंगेनीभिर, खुल्यो मैरामारे–जुम्रीकाँढा सडक

प्यूठानको नौबहिनी गाउँपालिका–७,को मैरामारे देखि प्यूठान नगरपालिका–५ जुम्रीकाँढा सडक ट्याक ओपन भएको छ । स्थानीयले...

नौवहिनी गाउँपालिकाको दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

नौवहिनी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

प्यूठानमा आंङ खस्ने महिलाको निशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने

प्यूठान आङ खस्ने महिलाका लागी निशुल्क शल्यक्रिया सिविर संचालन हुने भएको छ । शुक्रवार स्वास्थ्य...

प्यूठान अस्पताल भवन अलपत्र, ठेकेदार बेखबर

प्यूठान अस्पताल भवन अलपत्र परेको छ । निर्माणको जिम्मा दिएको ठेकेदार बेखबर छन् । भवन...

अनेरास्ववियु र युवा संघको स्थापना दिवसमा रक्तदान तथा फलपुल वितरण

अनेरास्ववियुको ६१ औँ तथा राष्ट्रिय युवा संघको ३६ औँ स्थापना दिवसको अवसरमा प्यूठानमा रक्तदान र...