News Portal

रेडियो सुन्नुहोस्

क्वारेन्टाईनमा बच्चा जन्मियो

सुजाता थापा क्षेत्रीअसार ९ प्युठान
१२५८ पटक
असार ९ प्युठान

प्युठानको मल्लरानी गाउँ पालिकामा एक महिलाले क्वारेन्टाईनमा नै बच्चा जन्माएकी छिन्।मल्लरानी गाउँपालिका वडा नं ४ को जनजागृती मा।वि कसेरीको क्वारेन्टाईनमा बसेकी १८ बर्षिय सीता खड्काले प्राथमिक स्वास्थ्य केन्द्र खलंगामा बच्चा जन्माएकी हुन।उनले छोरा जन्माएकी हुन।आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको प्राथमिक स्वास्थ्य केन्द्र खलंगाका प्रमुख शान्त रोकाले जानकारी दिए। उनी ७ दिन पहिले भारतको पंजावबाट श्रिमानसंगै आएकी थिईन।

सुत्केरी महिलाको आरडिटि रिपोर्ट नेगेटिभ आए पनि पिसिआर रिपोर्ट नआउदासम्म क्वारेन्टाईन मै राखिने छ। वडा अध्यक्ष कुमार श्रेष्ठका अनुसार सुत्केरी महिलाको स्याहार तथा पोषण व्यवस्थापन गाउँपालिका स्तरिय स्वास्थ्य ईकाईले गर्ने छ।

यस अघि नौबहिनि गाउपालिका वडा नं ७ को गोगनपानीमा रहेको क्वारेन्टाइनमा एक महिलाले पनि छोरा जन्माएकी थिइन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...