


प्युठानको माडी नदीमा मंगलबार एक महिलाको वेवारिसे शव फेला परेको छ।
स्वर्गद्वारी नगरपालिका वडा नं. ३ किमिचौर जुरढुंगा नजिकै अन्दाजी ४० बर्षिया महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय भिंगृले जनाएको छ ।दिउसोको समयमा स्थानिय बासिन्दाहरुले गाईबाख्रा चराउनका लागि नदि किनारमा पुगेका स्थानियहरुले माडी नदीको बिच भागमा पानीमा तैरिरहेको अवस्थामा उक्त शव देखेपछि प्रहरिलाई खबर गरेका थिए।इलाका प्रहरि कार्यालय भिंगृका प्रहरि प्रमुख बुद्धि रानाले दिएको जानकारी अनुसार शवको पहिचान हुन सकेको छैन । शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा राखिएको उहाँले जानकारी दिनुभयो।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

