News Portal

रेडियो सुन्नुहोस्

रक्तसन्चार केन्द्रलाई सुदृढीकरण गर्न १२ लाख बढीको सामग्री खरिद

१५७७ पटक

बोम बहादुर परियार
असार १९,

प्युठानमा रक्तसञ्चार सेवा केन्द्रलाइ सुदृढीकरण गर्न १२ लाख २३ हजार ४ सय बराबरको स्वास्थ औजार , मेसिन तथा ल्याब सामाग्री खरिद गरिएको छ । बिहिबार प्युठान नगरपाकिकाका जनप्रतिनिधि , प्युठान अस्पतालका डाक्टर , स्वास्थ कार्यालयका प्रमुख ,पत्रकार लगाएतको उपस्थितमा उक्त समानहरुको सार्बजनिक परिक्षण तथा अनुगमन गरिएको हो ।
जिल्लामा रहेको एकमात्र रक्तदान केन्द्रलाई थप व्यवस्थीत गर्दै बिरामीको माग अनुसारको स्वच्छ र सुरक्षित रुपमा रगत उपलब्ध गराउने उद्येश्यले फ्रीज , जेनेटर , डोनर बेड लगाएत १६ प्रकारका ल्याब सामाग्री खरिद गरिएको नेपाल रेडक्रस सोसाईटी प्युठानका सभापती गुमानराज पुलामीले जानकारी गराउनु भयो ।
१२ लाख २३ हजार ४ सय मध्य १० लाख प्रदेश सरकारले दिएको र बाकी रकम रेड्क्रस प्युठान साखाले ब्यहोर्ने गरि सामान खरिद गरिएको उहाले बताउनु भयो । २०६८ सालमा आकस्मिक रक्तसन्चार सेवा मात्र दिने गरि स्थापना गरिएको सस्थाले २०७१ सालदेखी रगत संचित सेवा सुरु गरेको थियो । सिमित साधन श्रोत बाट स्थापना गरिएको सस्थाले हालसम्म जिल्लामा बिरामीलाई रगतको कुनै कमि हुन नदिएको पुलामिले बताउनु भयो । पहिले ल्याब सामाग्री सिमित थियो जस्ले गर्दा टाढा गएर रक्तदान सम्बन्धी क्याम सन्चालन गर्न गाह्रो थियो तर अहिले थप सामाग्री खरिद गरियसंगै जिल्लाका बिभिन्न ठाउँमा पुगेर क्याम्प सन्चालन गर्न सहज हुने उहाले बताउनु भयो ।
त्यस्तै प्युठान अस्पतालका एम डि जि पि डाक्टर सुनिल सुनार ले रक्तसन्चार सेवा केन्द्र सुदृढीकरण हुनु नै जिल्ला बासी र छिमेकी जिल्ला बासी सबैलाई खुसिको कुरा रहेको बताउनु भयो । अस्पतालको नजिकै रक्तदान केन्द्र भएकै कारण अस्पतालमा आएका बिरामिले प्रत्येक्ष रुपमा लाभ लिएको र अपरेसन लगातको काम मा पनि ठुलो सहयोग मिलेको उहाको भनाई छ ।
त्यस्तै प्युठान नगरपालिकाका नगर प्रमुख अर्जुन कुमार कक्षपतिले जिल्लाको रक्तदान केन्द्रलाई थप स्तरीय बनाउनको लागि आफु पनि सकारात्मक रहेको बताउनु भयो ।
हाल जिल्लामा रहेको रक्तदान केन्द्रमा आफ्नै भवनमा रहि २ जना कर्मचारिले सेवा दिएका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...