News Portal

रेडियो सुन्नुहोस्

शंकर परियारको उपचारको लागि कोरियाबाट नेपाली युवाहरुको सहयोग

नोमराज पौडेलभदौं ६, २०७७
१०८६ पटक
भदौं ६, २०७७

प्यूठान, टिचिङ हस्पिटल काठ्माण्डौमा उपचारत १५ बर्षिय शंकर परियारको उपचारको लागि कोरियाबाट सहयोग प्राप्त भएको छ।

मल्लरानी गाउँपालिका वडा नं. १ अरबाङ निवासी शंकर परियारको आर्थिक अभावका कारण उपचार हुन नसकेपछि लिस्ने जनसञ्चार राष्ट्रिय साप्ताहिक र सिखबर डटकम अनलाईनमा समाचार सम्प्रेण भएको थियो। समाचार सम्प्रेण संगै विभिन्न सहयोगी दाताहरुको सहयोगमा उनलाई काठ्माण्डौं लगिएको हो। उनको बिषयमा समाचार पढेपछि रोजगारीको सिलसिलामा कोरिया गएका केहि नेपाली युवाहरुले आर्थिक सहयोग गरेका छन्।
मल्लरानी गाउँपालिका वडा नंं. २ निवासी हाल कोरियामा रहेका बुद्धिसागर पौडेलको पहलमा रु २१ हजार १८ रुपैयाँ सहयोग प्राप्त भएको हो। कोरोनाको संक्रमण छ हामी लकडाउनमै छौं त्यो शंकरको बिषयमा समाचार पढे बिजोग रहेछ सानो सहयोग पठाएका छौं सागरले भन्नुभयो–“ हाम्रो सहयोगले उपचारमा केहि मद्दत पुगोस्।” सागरको पहलमा दाङका रोशन राज क्षेत्री , प्यूठानकै गोबिन्द मगर , सागर पौडेल, जीवन थापा, मधु परियार, उमेश थापा ,गोबिन्द थापा र गोर्खाका जंग कुमारले सहयोग गरेका हुन्।
लिस्ने जनसञ्चार साप्ताहिक र सिखबर डटकम अनलाईनको कार्यालयमा फोन गरेर पठाएको रकम शंकर परियारका दाजु सागर परियारलाई पठाइएको पत्रिकाकी प्रधान सम्पादक दीपा पौडेलले बताउनुभयो।
शंकर परियारको उपचारमा हाल सम्म उठेको सहयोग
१) मल्लरानी चुजाँका ६० घरबाट उठाएको रकम समाजसेवी यम बहादुर के.सी मार्फत आएको रु ५१४६५।
२) कोरियाबाट बुद्धिसागर पौडेलको पहलमा आएको रकम रु २१०१८।
३) लिस्ने जनसञ्चार साप्ताहिक र सिखबर डटकम अनलाईनबाट रु ५०००।
४) सुर्योदय लधुवित्त संस्था अर्घाखाँचीको शाखा प्रमुख शुसिला के.सीबाट रु ५०००।
५) साउदी अरबबाट पदम परियार रु ३०००।
६) शाह मेडिकल बिजुवार जुम्रीका संचालक बिनोद बिक्रम शाहबाट रु ५०००।
७) नेपाली जनसेवा संस्था प्यूठान नगरपालिका ८ बाट रु ११०००।
८) प्यूठान न.पा ५ जुम्रीकाँडा निवासी इमान सिंह जि.एमबाट रु १०००।
९) पत्रकार बोम बहादुर परियारबाट रु १०००।
१०) झिमरुक पेट्रोल पम्पका संचालक जुमान सिंह जि.सीबाट रु २०००।
जम्मा रु १०५४८३। रु एक लाख पाँच हजार ४ सय ८३ रुपैयाँ सहयोग उठेको हो। काठमाण्डौं सम्म जिल्ला अस्पताल बिजुवार प्यूठानबाट निःशुल्क एम्बुलेन्स सेवा

प्रतिकृया दिनुहोस्

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका...

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...