News Portal

रेडियो सुन्नुहोस्

शंकर परियारको उपचारको लागि कोरियाबाट नेपाली युवाहरुको सहयोग

नोमराज पौडेलभदौं ६, २०७७
१६३७ पटक
भदौं ६, २०७७

प्यूठान, टिचिङ हस्पिटल काठ्माण्डौमा उपचारत १५ बर्षिय शंकर परियारको उपचारको लागि कोरियाबाट सहयोग प्राप्त भएको छ।

मल्लरानी गाउँपालिका वडा नं. १ अरबाङ निवासी शंकर परियारको आर्थिक अभावका कारण उपचार हुन नसकेपछि लिस्ने जनसञ्चार राष्ट्रिय साप्ताहिक र सिखबर डटकम अनलाईनमा समाचार सम्प्रेण भएको थियो। समाचार सम्प्रेण संगै विभिन्न सहयोगी दाताहरुको सहयोगमा उनलाई काठ्माण्डौं लगिएको हो। उनको बिषयमा समाचार पढेपछि रोजगारीको सिलसिलामा कोरिया गएका केहि नेपाली युवाहरुले आर्थिक सहयोग गरेका छन्।
मल्लरानी गाउँपालिका वडा नंं. २ निवासी हाल कोरियामा रहेका बुद्धिसागर पौडेलको पहलमा रु २१ हजार १८ रुपैयाँ सहयोग प्राप्त भएको हो। कोरोनाको संक्रमण छ हामी लकडाउनमै छौं त्यो शंकरको बिषयमा समाचार पढे बिजोग रहेछ सानो सहयोग पठाएका छौं सागरले भन्नुभयो–“ हाम्रो सहयोगले उपचारमा केहि मद्दत पुगोस्।” सागरको पहलमा दाङका रोशन राज क्षेत्री , प्यूठानकै गोबिन्द मगर , सागर पौडेल, जीवन थापा, मधु परियार, उमेश थापा ,गोबिन्द थापा र गोर्खाका जंग कुमारले सहयोग गरेका हुन्।
लिस्ने जनसञ्चार साप्ताहिक र सिखबर डटकम अनलाईनको कार्यालयमा फोन गरेर पठाएको रकम शंकर परियारका दाजु सागर परियारलाई पठाइएको पत्रिकाकी प्रधान सम्पादक दीपा पौडेलले बताउनुभयो।
शंकर परियारको उपचारमा हाल सम्म उठेको सहयोग
१) मल्लरानी चुजाँका ६० घरबाट उठाएको रकम समाजसेवी यम बहादुर के.सी मार्फत आएको रु ५१४६५।
२) कोरियाबाट बुद्धिसागर पौडेलको पहलमा आएको रकम रु २१०१८।
३) लिस्ने जनसञ्चार साप्ताहिक र सिखबर डटकम अनलाईनबाट रु ५०००।
४) सुर्योदय लधुवित्त संस्था अर्घाखाँचीको शाखा प्रमुख शुसिला के.सीबाट रु ५०००।
५) साउदी अरबबाट पदम परियार रु ३०००।
६) शाह मेडिकल बिजुवार जुम्रीका संचालक बिनोद बिक्रम शाहबाट रु ५०००।
७) नेपाली जनसेवा संस्था प्यूठान नगरपालिका ८ बाट रु ११०००।
८) प्यूठान न.पा ५ जुम्रीकाँडा निवासी इमान सिंह जि.एमबाट रु १०००।
९) पत्रकार बोम बहादुर परियारबाट रु १०००।
१०) झिमरुक पेट्रोल पम्पका संचालक जुमान सिंह जि.सीबाट रु २०००।
जम्मा रु १०५४८३। रु एक लाख पाँच हजार ४ सय ८३ रुपैयाँ सहयोग उठेको हो। काठमाण्डौं सम्म जिल्ला अस्पताल बिजुवार प्यूठानबाट निःशुल्क एम्बुलेन्स सेवा

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...