News Portal

रेडियो सुन्नुहोस्

कोरोना महामारीका बेला बि.एन.एम.टीको सहकार्य

दीपा पौडेल२५ भदौ २०७७
७६३ पटक
२५ भदौ २०७७

प्युठान,जिल्लामा लामो समयदेखि क्षयरोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको विराट नेपाल मेडिकल ट्रस्ट (बि.एन.एम.टि) ले स्वास्थ्यकर्मीहरुको लागि मेडिकल जन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।
कोरोना महामारीको आपतकालिन समयमा अग्रपंक्तिमा रहेर जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु समेत संक्रमित हुन थालेपछि स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि ८ लाख ५० हजार बरावरको स्वास्थ्य सामग्री बिहिबार स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीलाई हस्तान्तरण गरिएको हो।
बि.एन.एम.टि नेपालगञ्जका क्षेत्रिय कार्यक्रम प्रवन्धक गंगाराम बुढाथोकीले उक्त ब्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण गरेका छन्। जिल्लाका ९ वटै स्थानिय तहहरुमा रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पुग्ने गरि १ सय २५ सेट पिपिई , १ हजार थान एन ९५ मास्क, १० हजार थान सर्जिकल मास्क, ६२ लिटर सेनिटाईजर र १ सय ५० सेट हाइजिन किट प्रदान गरेको प्रवन्धक बुढाथोकीले जानकारी दिए।
पहिलो चरणमा स्वास्थ्य कार्यालय प्युठानलाई ब्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री ,दोश्रो चरण अन्तरगत जिल्लामा रहेका कुष्ठरोग तथा क्षयरोगका १ सय ७६ जना विरामीहरुलाई पोषणमा कमी नहोस् भन्ने उदेश्यले खाद्यान्य सामग्री वितरण गरेको बि.एन.एम.टिले तेश्रो चरण अन्तरगत स्वास्थ्यकर्मीहरुलाई लक्षित गरि सामग्री हस्तान्तरण गरेको हो।
अग्रपंक्तिमा रहेर काम गर्ने सवै स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाई काम गर्न सहज होस् भन्ने उदेश्यले मेडिकल जन्य सामग्री हस्तान्तरण गरेको प्रवन्धक बुढाथोकीले बताए।
कोरोना भाइरस संक्रमणको उच्च जोखिमा सवै नागरिक भएता पनि पछिल्लो समय स्वास्थ्यकर्मीहरु अत्यधिक मात्रामा संक्रमित हुन थालेपछि उहाँहरुको हौसला बढाउन आफुहरुले सामग्री हस्तान्तरण गरेको बताउँदै बुढाथोकिले भने–‘‘ बिशेष गरि आइसोलेसनमा उपचाररत कोरोना संक्रमितहरुका लागि प्रयोग गर्न हाइजिन किट उपलब्ध गराएका हौं।’’
हस्तान्तरण कार्यक्रममा अहिलेको महामारीमा विदाको दिन नभनि २४ सै घण्टा सेवामा खटेका स्वास्थ्यकर्मीहरुलाई लक्षित गरेर सामग्री उपलब्ध गराएकोमा बि.एन.एम.टि लाई स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले धन्यवाद दिएका छन्। कतिपय स्थानमा स्वास्थ्यकर्मीको मनोबल गिराउने, भाडामा घरमा बस्न नदिने सम्मको ब्यवहार भएको भन्दै प्रमुख सुवेदीले भने –‘‘यो सहयोगले स्वास्थ्यकर्मीको सुरक्षा र उनीहरुको बनोवल बढाउनमा मदत गर्ने विश्वास मैले लिएको छु।’’
यो अवस्थामा स्वास्थ्यकर्मीले आफ्दो कर्तव्यलाई ध्यानमा राखेर काम गर्नु र अरुले पनि स्वास्थ्यकर्मीको बनोबल बढाउने काम गर्न उनले आग्रह गरे।
प्युठानमा अहिले सम्म १० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमित भएका छन्। विहिवार सम्म ४ सय ६० जना कोरोना संक्रमित भएका छन्। निको भएर घर जानेको संख्या ४ सय ४४ , २ जनाको मृत्यु भएको छ भने १४ जनाको स्थानिय तहमा रहेका आइसोलेसनमा उपचार भैरहेका छन्। ५ हजार ३१ जनाको पिसिआर गरिएको छ। पिसिआर गरेका १ सय ७१ जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...