News Portal

रेडियो सुन्नुहोस्

विजुवारमा निर्मित सार्वजनिक सौचालय हस्तान्तरण

सिखबर संवाददाता११ पुष प्यूठान
१०२७ पटक
११ पुष प्यूठान

निर्माणकार्य सम्पन्न भएसंगै संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय सन्धिखर्क अर्घाखाँचीले प्यूठान नगरपालीका वर्डा नं ४ विजुवारमा निर्मित सार्वजनिक सौचालय एक कार्यक्रमका विच प्यूठान नगरपालीकालाई हस्तान्तरण गरेको छ।

आयोजनाको आर्थिक लगानिमा सम्पन्न आयोजना आज उक्त कार्यालयका कार्यलय प्रमुख सिनियर डिभिजन ईञ्जिनियर रामप्रसाद घिमिरेले प्यूठान नगरपालीकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतीलाई हस्तान्तरण गर्नुभएको हो। १६ लाख ४४ हजार ६ सय ६४.१६ रुपैयाँको लगानिमा निर्मित सौचालयवाट प्यूठान नगरपालीका वर्डा नं ४ विजुवार वजार र वर्डा कार्यालयका सेवाग्राहिहरु प्रत्यक्ष रुपमा लावान्वित हुनेछन्। आर.सि.सि. फ्रेम स्टक्चरमा वनेको १ तल्ले भवनमा २ वटा कम्वोड, ४ वटा प्यान र ३ वटा युरिनल रहेको छ।

खुला दिसापिसावमुक्त अभियानमा सार्वजनिक सौचालय अनिवार्य
खुला दिसापिसावमुक्त क्षेत्रको दिर्घकालिन कार्यन्वयनका लागी सार्वजनिक सौचालयको विशेष महत्व हुने भएकाले वडा कार्यालयमा आउने सेवाग्राहिले सेवा प्राप्त गर्नुका साथै स्वच्छताको अभियानलाई साथ दिने भन्दै प्यूठान नगरपालीकाका मेयर अर्जुनकुमार कक्षपतीेले संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयलाई धन्यवाद दिनुभयो। शनिवार सम्पन्न सौचालय हस्तान्तरण कार्यक्रममा वोल्दै उहाँले डिभिजन कार्यालयमार्फत भईरहेका अन्य आयोजनाले नागरिकको सेवा सुविधालाई थप सहज वनाउने भन्दै प्यूठान नगरपालीकाले त्यसका निम्ति निरन्तर सहजिकरण गरिरहेको वताउनु भयो।

प्यूठान नगरपालीकाका उपमेयर शान्ता आचार्यले सार्वजनिक स्थलमा सेवाग्राहिले दैनिक सेवा प्राप्त गर्नुपर्ने स्थानमा वन्ने सार्वजनिक संरचना सवैका शाखा संरचना हुने भन्दै यस्को व्यवस्थित उपयोग र संरक्षणको जरुरी रहेको वताउनु भयो।
संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख सिनियर डिभिजन ईन्जिनियर रामप्रसाद आचार्यको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा प्यूठान नगरपालीकाका नगरप्रमुख अर्जुनकुमार कक्षपती प्रमुख अथिती र नगर उपप्रमुख शान्ता आचार्य विशेष अथिती रहनुभएको थियो। यस्तै प्यूठान नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत यज्ञ वहादुर वुढा, वर्डा नँ ४ र ८ का वडाअध्यक्षहरु, नागरिक समाज, पत्रकार महासंघ, सुरक्षा निकाय र विभिन्न कार्यालयका प्रमुख र स्थानियको सहभागीता रहेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बीमाको विषयमा पत्रकारसंग अन्तरक्रिया सम्पन्न

बीमाको विषयमा पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम जुम्रीमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण...

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...