News Portal

रेडियो सुन्नुहोस्

विजुवारमा निर्मित सार्वजनिक सौचालय हस्तान्तरण

सिखबर संवाददाता११ पुष प्यूठान
१२४६ पटक
११ पुष प्यूठान

निर्माणकार्य सम्पन्न भएसंगै संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय सन्धिखर्क अर्घाखाँचीले प्यूठान नगरपालीका वर्डा नं ४ विजुवारमा निर्मित सार्वजनिक सौचालय एक कार्यक्रमका विच प्यूठान नगरपालीकालाई हस्तान्तरण गरेको छ।

आयोजनाको आर्थिक लगानिमा सम्पन्न आयोजना आज उक्त कार्यालयका कार्यलय प्रमुख सिनियर डिभिजन ईञ्जिनियर रामप्रसाद घिमिरेले प्यूठान नगरपालीकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतीलाई हस्तान्तरण गर्नुभएको हो। १६ लाख ४४ हजार ६ सय ६४.१६ रुपैयाँको लगानिमा निर्मित सौचालयवाट प्यूठान नगरपालीका वर्डा नं ४ विजुवार वजार र वर्डा कार्यालयका सेवाग्राहिहरु प्रत्यक्ष रुपमा लावान्वित हुनेछन्। आर.सि.सि. फ्रेम स्टक्चरमा वनेको १ तल्ले भवनमा २ वटा कम्वोड, ४ वटा प्यान र ३ वटा युरिनल रहेको छ।

खुला दिसापिसावमुक्त अभियानमा सार्वजनिक सौचालय अनिवार्य
खुला दिसापिसावमुक्त क्षेत्रको दिर्घकालिन कार्यन्वयनका लागी सार्वजनिक सौचालयको विशेष महत्व हुने भएकाले वडा कार्यालयमा आउने सेवाग्राहिले सेवा प्राप्त गर्नुका साथै स्वच्छताको अभियानलाई साथ दिने भन्दै प्यूठान नगरपालीकाका मेयर अर्जुनकुमार कक्षपतीेले संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयलाई धन्यवाद दिनुभयो। शनिवार सम्पन्न सौचालय हस्तान्तरण कार्यक्रममा वोल्दै उहाँले डिभिजन कार्यालयमार्फत भईरहेका अन्य आयोजनाले नागरिकको सेवा सुविधालाई थप सहज वनाउने भन्दै प्यूठान नगरपालीकाले त्यसका निम्ति निरन्तर सहजिकरण गरिरहेको वताउनु भयो।

प्यूठान नगरपालीकाका उपमेयर शान्ता आचार्यले सार्वजनिक स्थलमा सेवाग्राहिले दैनिक सेवा प्राप्त गर्नुपर्ने स्थानमा वन्ने सार्वजनिक संरचना सवैका शाखा संरचना हुने भन्दै यस्को व्यवस्थित उपयोग र संरक्षणको जरुरी रहेको वताउनु भयो।
संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख सिनियर डिभिजन ईन्जिनियर रामप्रसाद आचार्यको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा प्यूठान नगरपालीकाका नगरप्रमुख अर्जुनकुमार कक्षपती प्रमुख अथिती र नगर उपप्रमुख शान्ता आचार्य विशेष अथिती रहनुभएको थियो। यस्तै प्यूठान नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत यज्ञ वहादुर वुढा, वर्डा नँ ४ र ८ का वडाअध्यक्षहरु, नागरिक समाज, पत्रकार महासंघ, सुरक्षा निकाय र विभिन्न कार्यालयका प्रमुख र स्थानियको सहभागीता रहेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...