नेपाली कांँग्रेसका महाधिवेशन प्रतिनिधी प्रमोद पोख्रेलले आफ्नो जन्मदिन विपन्न परिवारसंग मनाउनु भएको छ। पुर्वपत्रकार एवं गत स्थानिय निर्वाचनमा झिमरुक गाउँपालीकाका अध्यक्ष पदका उम्मेद्धार समेत रहनुभएका पोख्रेलले आफ्नै गाँउपालिकामा रहेका २ दलित विपन्न परिवारलाई सहयोग गरेर जन्मदिन मनाउनु भएको हो।
झिमरुक गाँउपालीका वर्डा नं ३ आहालखोलामा रहेका फेतिदेवी कामी र फुर्सी सुनारलाई उहाँले खाद्यान्न सहयोग गर्नुभएको छ। जन्मदिनको दिन रमाईलोमा गरिने खर्च नगरेर आफ्नै गाँउका विपन्न एवं दलित परिवारलाई सहयोग गरि जन्मदिन मनाएको पोख्रेलले वताउनु भयो। उहाँले दुई परिवारलाई प्रतिपरिवार ५० किलो चामल सहित २ किलो दाल, तेल, नुन, भुजा लगायतका खाद्यसामाग्री दिनुभएको छ।
वाह्र वर्षअघी घरमा आगलागी भएपछी अर्काको घरमा वस्दै आउनुभएकि फेतीदेवी कामी र विपन्न फुर्सी सुनारले जन्मदिनको अवसरमा आफुहरुलाई सहयोग गरेकोमा पोख्रेललाई धन्यवाद दिनुभयो।