News Portal

रेडियो सुन्नुहोस्

प्रचण्ड-नेपाल समूहले संसदीय दलको नेताबाट प्रधानमन्त्री ओलीलाई हटायो

सिखबर संवाददाता१९ फागुन, काठमाडौं
१००६ पटक
१९ फागुन, काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी ओलीलाई संसदीय दलको नेताबाट हटाएको छ । बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले संसदीय दलको नेताबाट ओलीलाई हटाउने निर्णय गरेको हो ।

‘संसदीय दलको नेता, उपनेता, सचेतकलाई हटाउने निर्णय भएको छ’, केन्द्रीय सदस्य ठाकुर गैरेले भने । बैठक पेरिसडाँडामा जारी छ । बैठकमा नेताहरुले धारणा राख्नेक्रम चलिरहेको छ ।

नेकपा संसदीय दलको नेता प्रधनमन्त्री ओली हुन् भने उपनेता सुवासचन्द्र नेम्वाङ हुन् । फागुन १४ मा प्रधानमन्त्री ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेका थिए ।

केन्द्रीय समिति बैठकले ओली समूहका केही नेतालाई बुधबार निलम्बनको निर्णयसमेत गरेको छ । विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह, महेश बस्नेत र कर्णबहादुर थापालाई निलम्बनको निर्णय गरेको हो। यो समूहले यि नेतामाथि पार्टी विपरीत काम गरेको आरोप लगाएको छ ।

पुस ५ गते प्रधानमन्त्री अ‍ोलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ । एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् । फागुन ११ गते सर्वोच्च अदालततले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि नेकपा विवाद थप चचर्किदै गएको छ ।

अन्नपुर्ण पाेष्टबाट

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...