News Portal

रेडियो सुन्नुहोस्

अाैषधी ब्यवसायी संघकाे स्थापना दिवस प्युठानमा पनी मनाइयाे

 दिवसकाे अवसरमा  प्युठान अस्पतालका कर्मचारी सम्मानित

बोम बहादुर परियारअसार १० प्युठान
१३३३ पटक
असार १० प्युठान

 

नेपाल औसधी ब्यबसायी संघको आज ४८ औ स्थापना दिवस । दिवस का अबसरमा प्युठान साखाले आज जिल्ला अस्पतालमा भर्ना भएका बिरामिलाई फलफूल मास्क स्यानिटाइजर बितरण गर्दै अस्पतालका कर्मचारी हरुलाई सम्मान गरेको छ ।

कोभिड १९ को महामारीमा जिल्लामा प्रत्यक्ष जनताको स्वास्थमा खटिएर अग्रपंक्तिमा रहि काम गरेको भन्दै खादा अबिर र सम्मान पत्र सहित बिहिबार प्युठान अस्पतालका सम्पुर्ण कर्मचारी हरुलाई सम्मान गरेको हो ।
कार्यक्रम मा बोल्दै प्युठान अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नबिन दर्नाल ले आफु लगायत अग्रपंक्तिमा खटिएर काम गरेका सबै स्वास्थ कर्मचारी हरुको मनोबल उच्च बनाउदै सम्मान गरेकोमा औसधि ब्याबसायी संघले उदाहरणीय कार्य गरेको बताउनु भयो।

कोभिड १९ को महामारिमा जनताको जिवन रक्षाको लागि अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ कर्मि सुरक्षा कर्मि पत्रकार सबैलाई हौसला बढाउने खालका कार्यक्रम द्वारा सम्मान गरियो भने अरु माहामारि बिपदको समयमा उनिहरुमा थप काम गर्ने हौसला बढ्ने दर्नाल ले बताउनु भयो । साथै महामरिको बेलामा जिल्ला स्थित सबै निकायको साथ सहयोग र हौसलाले गर्दा आज सम्म जिल्ला आईसोलेनस केन्द्रना मा भर्ना भएका धेरै बिरामि निको भई घर फर्किएको र १ जना मात्र उपचारमा रहेको उहाको भनाई छ ।

त्यस्तै औसधि ब्यबसायी संघ प्युठानका अध्यक्ष सिबराज श्रेष्ठले महामारीको समयमा खटिएका जिल्ला स्थित सबै कर्मचारी हरुलाई धन्यवाद दिदै आगामि दिनमा उनिहरुप्रति काम गर्ने मनोबल उच्च होस भन्दै सम्मान गरेको बताउनु भयो ।

त्यस्तै प्युठान अस्पतालका एम डि जि पि डाक्टर सुनिल सुनार , नर्सिङ अधिकृत अनुपा अधिकारि , हेल्थ असिस्टेन्ट शेर बहादुर नेपाली लगाएत ले एस्ता खालका कार्यक्रम हरुले आफु मात्र नभई सबै स्वास्थ कर्मचारीहरुको काम गर्ने हौसला बढाउने बताउनु भयो ।
त्यस्तै नेपाल औसधी ब्यबसायी संघ प्युठान का कोषाध्यक्ष खिम प्रसाद पार्धेले महामारिको समयमा गत बर्ष देखि नै पनि प्युठान जिल्लामा सबै प्रकारका औसधिहरु उपलब्ध गराएको र कमि आउन नदिएको बताउनु भयो ।
औसधि ब्याबसायी संघ प्युठान साखाको आयोजनामा बिहीवार प्युठान अस्पतालमा गरिएको स्वास्थकर्मि सम्मान कार्यक्रम मा अस्पतालका सबै कर्मचारीहरु सम्मनित हुदा खुसि भएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...