प्यूठान । चितुवाको छाला ओसारपसारमा संलग्न ३ जनालाइ प्युठान प्रहरीले पक्राउ गरेको छ । प्यूठान नगरपालिका वडा नंवर ८ बाग्दुला स्थित एक होटलबाट बुधवार राति पक्राउ गरीएको हो । होटलमा चितुवाको छालाको कारोवार भइरहेको गोप्य सुचनाको आधारमा प्रहरीले होटलमा खानतलासी गरेको थियो । उनीहरूको साथबाट एक थान चितुवाको छाला बरामद गरिएको छ ।
पक्राउ पर्नेमा झिमरूक गाउपालिका १ निवासी वर्ष २९ को अविनास पुन, सरूमारानी गाउँपालिका १ निवासी वर्ष ३२ को छविलाल परियार र दाङ राजपुर गाउँपालिका १ निवासी वर्ष २८ का इन्द्र बहादुर खड्का रहेको प्रहरी निरिक्षक देविप्रसाद गैरेले जानकारी दिए ।
पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय प्यूठानमा बुझाइएको उनले बताए । लुम्बिनी प्रदेश अनुसन्धान टोली र ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।