News Portal

रेडियो सुन्नुहोस्

बढी पहिरोको बितण्डा : बाहानेमा वेवारीसे सव भेटियो : स्याउलीवाङमा घर भत्किएर पुरिएका १ को जिवितै उद्वार

महेश थापा२०७८ भाद्र २१
१०८५ पटक
२०७८ भाद्र २१

जिल्लाको नौबहिनी गाउँपालिका-६, बल्लेखोलामा सोमवार बिहान वेवारीसे सव भेटिएको छ । वेवारीसे सव कसको र कहाँबाट बगाएको भन्ने खुलेको छैन । अहिले घटना स्थलमा प्रहरी पुगेको छ । गएरातीदेखि लगातार परेको अविरल वर्षाका कारण जिल्लाका दर्जनौ ठाउँमा पहिरोले क्षति पुर्‍याएको छ । नौबहिनी गाउँपालिका-१, स्याउलीवाङमा ३ वटा घर भत्किएको प्रहरीले जनाएको छ । घरमाथिबाट आएको पहिरोले हुमललाल सुनार, इन्द्र बहादुर सुनार र धन बहादुर वुढाको घर भत्किएको हो।

घर भत्किदा स्याउलीवाङ सरीमाका प्रेम सुनार घाइते भएका छन् । राती पहिरोको कारण घर भत्किएर पुरीएका सुनारलाई स्थानीयले उद्वार गरेका हुन् । सुनारको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । पहिरोले क्षति भएको विवरण संकलन भईरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी सुनिल मल्लले जानकारि दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा...

मल्लरानी ३ मा व्यूटिपार्लर तालिम समापन

मल्लरानी गाउपालिका वडा नं. ३ मा २ महिने व्यूटीपार्लर तालिम सम्पन्न भएको छ । गरिवी...

बिजुवारमा कुकुर बन्ध्याकरण शिविर सञ्चालन

प्यूठान नगरपालिकाले कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरेको छ । बजार क्षेत्रमा कुकुरको सँख्या बढ्दै गएकाले...

कर्मचारी संगठनले मनायो ३५ औं स्थापना दिवस, मृगौला पीडितलाई सहयोग

नेपाल निजामती कर्मचारी संगठन प्यूठानले स्थापना दिवसको अवसर पारेर मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ...

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...