News Portal

रेडियो सुन्नुहोस्

फेरिएको प्यूठान अस्पताल

तेजेन्द्र बिएम/सुजाता थापा क्षेत्री२०७८ असौज १९
२२६८ पटक
२०७८ असौज १९

प्यूठान नगरपालिका–४, विजुवारका व्यापारी धनेश्वर खनालले हालै जिल्ला अस्पताल बिजुवारमा हाइड्रोसिलको शल्यक्रिया गराए । शल्यक्रिया पछि उनको बिमार निको भएको छ । उपचारको लागि बाहिर जान नपर्दा खर्च बचेको र बिरामीलाई सास्ती नभएकोमा खनाल परिवार अस्पतालको सेवा प्रति निकै खुसी छन् । नौवहिनी गाउँपालिका ७ मैरामारेकि ५९ वर्षीय मिना रानामगर प्यूठान अस्पतालमा सेवा लिन गत भदौ महिनामा मात्रै ३ पटक आइन ।

उनी निराश भएर फर्कन परेन । यस्तै प्यूठान नगरपालिका–४, जुम्रीका अशोक श्रेष्ठ जिल्लामै बुटलमा पाउन सकिने सेवा पाउन थालेकोमा उत्साहित छन । ‘हामीले बुटलमा पाउने सेवा प्यूठान अस्पतालबाट पाइरहेका छौ,’ उनले भने, ‘नजिकको तीर्थ हेला भनेझै भएर मात्र हो ।’ २०७७ माघ देखि प्यूठान अस्पताललाई स्वास्थ्य मन्त्रालय, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र निक साइमन इन्स्टिच्यूटको संयूक्त सहकार्यमा विशेषज्ञ सेवा हब अस्पपताल बनाईको छ ।

यसपछि बिरामीको चाँप पनि बढेको छ । पहिले औसत एक सय देखि १ सय २० जना बिरामी अस्पतालमा दैनिक सेवा लिन आउथे । हब सञ्चालन पछि बिरामी शतप्रतिशत बढेका छन् । हिजोआज दैनिक २ सय देखि २ सय ५० जना बिरामीले ओपीडी सेवा लिइरहेको प्यूठान अस्पतालका मेडिकल सुपरिटेडेन्ट नविन दर्लानले बताए । नेपाल सरकारको विस्तारित अस्पताल सेवा कार्यविधि अनुसार जिल्ला प्रशासन कार्यालय प्यूठानको अनुमतिमा कार्यालय समय भन्दा पछि शुल्क तिरेर विशेषज्ञ सेवा पनि दिन थालीएको छ ।

ओपिडि सेवा बन्द भएपछि आकस्मिक (इमरजेन्सी) सेवा बाहेक अन्य बिरामीहरुले पेयिङ क्लिनिक (नेपाल सरकारले तोकेको विशेषज्ञले लिन मिल्ने शुल्क तीरेर बिरामी उपचार गराउन पाउने सुविधा) मार्फत सेवा दिइरहेको अस्पतालले जनाएको छ । अहिले प्यूठान, रोल्पा लगायत गुल्मी, रुकुम, दाङ अर्घाखाँची) बाट समेत बिरामी उपचारको लागि आउन थालेको प्यूठान अस्पतालले जनाएको छ । अब सञ्चालन पछि एपेण्डिसाइटिस, हर्निया, छाला प्रत्यारोपन, लिङ्ग भाचिएको, पिप जमेर घाउ परेका, बच्चाहरुको कन्जेनाइटल हाइड्रोसिल, कन्जेनाइटल हर्निया, इरीड्यूसेबल हर्निया (बोसो काटेर आन्द्रा अड्किएको) पाईल्स, एडल्ट हाइड्रोसिल लगायतका समस्याको अस्पतालबाट हिजोआज सेवा प्रदान भइरहको जनरल सर्जन डा. युगल ज्योति नेपालले बताए ।

अस्पतालमा विशेषज्ञहरुको कोटा ८ जना हो । तर अझै एनेस्थेसियालोजिष्ट (बिहोस गराउने विशेषज्ञ) र रेडियोलोजिष्टको दरबन्दी भने खाली रहेको मेडिकल सुपरिटेन्डेन्ट नविन दर्नालले बताए । हब सञ्चालन पछि २ सय ९२ सल्यक्रिया भएका छन । जस मध्ये २ सय ४ वटा सि.एस. डेलिभरी (सल्यक्रिया मार्फत गराइने प्रसुति) र अन्य सल्यक्रिया (मेजर सर्जरी) ८८ वटा भएको मेडिकल रेकडर पदमराज भट्टलले जानकारी दिए ।

एक वर्षमै २ हजार प्रसुती

प्यूठान तथ्याङ्क अनुसार २०७७÷०७८ मा प्यूठान अस्पतालमा १ हजार ७ सय ५२ जनाको डेलिभरी (प्रसुति) भएको थियो । १ हजार ५ सय ४८ नर्मल डेलिभरी भयो भने २ सय ४ जनाको सर्जिकल डेलिभरी गरिएको थियो । जसमध्ये सर्जिकल डेलिभरीबाट १ र नर्मल डेलिभरीबाट १ गरि २ जना सुत्केरीको ज्यान गएको थियो । ७ नवजात शिशुको ज्यान गएको थियो । महिला रोग तथा प्रसुति विशेषज्ञ डा. शिशिर कुवरका अनुसार ५० प्रतिशत गर्भवतिहरु रोल्पाबाट उपचार आउने गरेका छन् ।

बाँकी ५० प्रतिशत प्यूठान लगायत छिमेकी जिल्लाबाट आउने गर्दछन । गर्भावस्थामा आरामको कमि, पोषणयूक्त आहारको कमिका कारण डेलिभरी (समय नपुगी बच्चा जन्मिने), हेभि ब्लिडिङ (अत्याधिक रगत बग्ने), बच्चाको तौल नबढ्ने लगायतका समस्या प्रसुती गराउन आउनेहरुमा देखिएको कुवरको भनाइ छ । प्रसुतीका लागि विशेष गरि अत्यावश्यक ब्लड बैंक, आई.सि.यू. र एन.आई.सि.यू सेवा, एनेस्थेसियालोजिष्ट भएमा ९० प्रतिशत सफल उपचार गर्न सकिने कँुवरले बताए ।

बिरामी बढेसँगै बेड अभाव

हब संचालनपछि बेड अभाव हुन थालेको अस्पतालले जनाएको छ । बिरामीलाइ बेड अभाव भएरकाले भुइमै राखेर उपचार गर्न परेको बाल विशेषज्ञ डा.शौरभ श्रेष्ठले बताए । ‘बिरामी बढे उनले भने,‘ बेड नभएका कारण भुइमै म्याट ओछ्याएर पनि उपचार गर्नु परेको छ ।’ पछिल्लो समयमा धेरै निमोनिया भएका बालबालिका आउने गरेका छन । भौगोलिक विकटताका कारण जिल्लाका विभिन्न ठाउँहरुबाट समयमा अस्पताल आई नसक्नु ठूलो समस्या छ । मेडिकल एसिस्टेन्ट र वार्डहरुको छुट्टै व्यवस्थापन हुन जरुरी भएको समेत उनले बताए । एन.आइ.सि.यू. भए बालरोग विशेषज्ञ सेवा अझ प्रभावकारी उपचार हुने उनको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...