प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले रुपन्देहीको मोतिपुरमा सुकुम्बासीको हत्या गरेको भन्दै प्रतिनिधिसभामा सरकारको विरोध गरेको छ ।
तारान्तार संसद अवरोध गरिरहेका एमाले सांसदहरूले सोमबार पनि जारी राख्दै सदनमा ‘गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’ लगायतका नारा लगाए ।
आइतबार रुपन्देहीको मोतिपुर क्षेत्रमा प्रहरी र अतिक्रमणकारीबीच झडप हुँदा ४ जनाको मृत्यु भएको थियो । केही सुरक्षाकर्मी घाइते भएका थिए ।
राष्ट्रियसभामा पनि एमालेले मोतिपुर घटनामा प्रहरी दमनको विरोध गर्दै सरकारसँग जवाफ मागेको थियो ।
नेपाल प्रेस