News Portal

रेडियो सुन्नुहोस्

नेपाली हर्ट ग्रुपद्वारा पाल्पामा सहयोग प्रदान

तेजेन्द्र बि.एम.
१४५९ पटक

नेपाली हर्ट ग्रुप नेपालद्वारा पाल्पाको सिर्जनशील अपांग स्वावलम्बन केन्द्रमा सहयोग हस्तान्तरण गरेको छ । शनिबार दिउँसो एक कार्यक्रम गर्दै यस केन्द्रका ३ देखि ५० वर्ष सम्मका अपांग महिला तथा पुरुषलाई कपडा र खाद्यान्न सहयोग गरेको हो ।
स्वावलम्बन केन्द्रमा अहिले ३२ महिला र १९ जना पुरुष छन् ।
बग्नासकाली गाउँपालिका-७, निवासी “ए” रक्त अल्पता बिरामी सुमन दर्लामी मगरलाई पनि यसै कार्यक्रममा नगद हस्तान्तरण गरेको छ । सुमनका आमा सरस्वती दर्लामी र बिरामी छोरालाई उपस्थिति गराई नगद रु. एक लाखको चेक हस्तान्तरण गरेको हो । १७ वर्षीय सुमन विगत लामो समय देखि यो बिरामी बाट ग्रसित छन् ।
तानसेन नगरपालिका -७, का महिला वडा सदस्य गङ्गा रोका क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता हर्ट ग्रुपका अध्यक्ष डिल्ली राज पराजुलीले गरेका थिए । कार्यक्रममा गाउले देउराली साप्ताहिक पत्रीकाका सम्पादक धातानन्द शर्मा गैरे, भैरब खबर डट्कमका सम्पादक सन्तोष गहतराज, विशेष सहयोगी रमेश बस्यालका आमा ज्येष्ठ नागरिक धनिसरा बस्याल अन्य सहयोगी लगायतका अतिथीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै गैरेले छोटो समय मनोरञ्जन दिने यो एप्सबाट समाजसेवा अभियानमा जुटेर गौरवपुर्ण काम गरेकोमा खुशी व्यक्त गर्दै आफुलाई पनि सहयोग गर्न प्रेरित गरेको बताए । स्वावलम्बन केन्द्रका अध्यक्ष सुदिप भट्टराईले टिकटक ग्रुपबाट संकलन भएको रकमले टाढा बाट सहयोग लिएर आएकोमा खुशी व्यक्त गरेका थिए । उनले कोभिडले गर्दा समस्या भएको थियो, अहिले भने सहयोग पाइरहेका छौं । ‘म आफै अपांग छु, यसरी सहयोग आयो भने यहाँ रहेका अपांगहरुलाई केहिको कमि हुन दिने छैनौं,’ उनले भने ।
‘रोकाले हामी पनि यस केन्द्रलाई सहयोग गरिरहेका छौं, आवस्यक सहयोगको लागि पहल गरिरहन्छौ,’ उनले भने । उनले टिकटकलाई कतिपयले नकारात्मक रुपमा लिन्छन् तर यो ग्रुपले सकारात्मक बाटो हिडेर उदाहरणीय काम गरेकोमा धन्यवाद समेत दिएका थिए । हर्ट ग्रुप काठमाडौका इन्चार्ज गोविन्द थापाले संस्थाको विषयमा जानकारी दिदै स्वागत मन्तव्य राखेको कार्यक्रमको समापन भने सहयोग दाताहरुको नामावली वाचन गर्दै अबको कार्यक्रम प्युठानका करिब ७० जना अपाङ्ग, दृष्टिविहीन र अनाथ बालबालिकाहरुलाई सहयोग गर्ने जानकारी दिदै पराजुलीले गरेका थिए l                                             

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...