News Portal

रेडियो सुन्नुहोस्

नेपाली कांग्रेस प्यूठानको क्षेत्रिय अधिवेशन अन्योलमा

झुलेनीपोष्ट२०७८ म‌सीर ६ प्यूठान
८५१ पटक
२०७८ म‌सीर ६ प्यूठान

नेपाली कांग्रेस प्युठानको क्षेत्रिय अधिवेशन अन्योलमा परेको छ।
क्षेत्र नं. १ र २ को क्षेत्रिय अधिवेशनलाई सर्वसम्मत गर्ने भन्दै जिल्ला नेताहरु छलफलमा जुटेपछि अधिवेशन नै प्रभावित भएको हो।
क्षेत्रिय प्रतिनिधिहरु आफ्नो नेतृत्व चयन गर्न जुटेपनि बाग्दुलामा अलपत्र परेका छन्। आइतवार सम्म सक्नुपर्ने कार्यतालिका भएता पनि शेर बहादुर देउवा पक्ष र देउवा इतरका नेताहरु वीच विवाद हुँदा अधिवेशन अन्योलमा परेको श्रोतले जानकारी दिएको छ।
जिल्लालाई सर्वसम्मत बनाउने गरि केहि नेताहरुको वीचमा काठ्माण्डौमा सहमति गरेको भनिएता पनि त्यसको कार्यान्वयनमा विवाद हुँदा समयमा कार्यतालिका अनुसार अधिवेशन सुरु हुन सकेको छैन। जिल्लाका शिर्ष नेताहरु सर्वसम्मत बनाउन छलफलमा जुटेका छन् भने अधिवेशन सम्पन्न गर्न जुटेका प्रतिनिधिहरु नेताहरुको निर्णय कुर्दै बाग्दुलामा अन्योलमा परेका छन्। जिल्ला अधिवेशनकाे कार्यतालिका अनुसार अाज मनाेनयन समेत हुन सकेकाे छैन।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...