News Portal

रेडियो सुन्नुहोस्

मंसिर १७ गतेदेखि १० दिन देशैभर मतदाता नामावली संकलन हुने

झुलेनी नेटवर्क २०७८ मंसिर ०६
७७८ पटक
२०७८ मंसिर ०६

निर्वाचन आयोगले मंसिर १७ गतेदेखि विशेष अभियानका रुपमा मतदाता नामावली संकनल गर्ने भएको छ।

आउँदो चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्नुपर्ने अवस्थामा निर्वाचनको मिति तोकिनु अघि नै आयोगले मतदाता नामावली संकलनका लागि अभियान सञ्चालन गर्ने भएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिकग्राम शर्माका अनुसार सबै स्थानीय तहको केन्द्रबाट मतादता नामावली संकलन हुनेछ।
आयोगले मतदाता नामावली गर्न हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म र तराई, भित्री मधेश तथा काठमाण्डौ उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन गर्नेछ ।

आयोग हाल ७७ वटै निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन र ४० वटा इलाका प्रशासन कार्यालय मार्फत पनि मतदाता नामावली संकलन गरिरहेको छ ।
अभियानका रुपमा थप ६३७ वटा स्थानीय तहको केन्द्रबाट पनि नाम संकलन गरिने शर्माले जानकारी दिए । मतदाता नामावली संकलन दुई चरणमा संकलन गर्ने कार्य तालिका आयोगले तयार पारेको छ ।

आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘सङ्कलन कार्य हरेक जिल्लामा दुई चरणमा सञ्चालन हुने भएकोले सम्बन्धित निर्वाचन कार्यालयबाट प्रकाशित कार्यक्रम हेरी आफ्नो स्थानीय तहमा कार्यक्रम सञ्चालन हुने अवधिको बारेमा जानकारी प्राप्त गर्न सकिनेछ ।’

मतदाता ऐन अनुसार १६ वर्ष उमेर पुगेर नागरिकता लिएका व्यक्तिहरुले नाम लेखाउन सक्नेछन् । आफ्नो स्थायी बसोबास भन्दा अन्यत्र बसेका व्यक्तिहरुले समेत मतदता नामावली नाम लेखाउन सक्नेछन् । उनीहरुको नाम सम्बन्धित वडामै कायम रहने गरी पठाइनेछ ।

आयोग भनेको छ, ‘अन्य जिल्लाको निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गराएका व्यक्तिको नाम निजको स्थायी ठेगाना रहेको मतदाता नामावलीमा समावेश हुने गरी सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा पठाइनेछ । साथै निजको मतदाता परिचयपत्र समेत स्थायी ठेगाना भएको जिल्लाबाटै प्राप्त गर्ने व्यवस्था मिलाइनेछ ।’

मतदाता नामावली संकलन कार्यमा देशभर करिब २ हजार ३ सय कर्मचारी प्रत्यक्ष रूपमा संलग्न हुनेछन् । शर्माका अनुसार आउँदो पौष २० गते भित्र सबै स्थानीय तहमा मतदाता नामावलीको सङ्कलन भइसक्नेछ ।

२०७७ पौष ५ गते १८ वर्ष उमेर पूरा गरेका नागरिकहरूलाई समावेश गरी आयोगबाट २०७७ चैत्र ४ गते प्रकाशित अन्तिम मतदाता नामावली बमोजिम देशभर १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता थिए । अब अभियानबाट थप १० लाख मतदाता थपिने आयोगको अनुमान छ ।

आयोगले अभियान सफल बनाउन राजनीतिक दल, तीनै तहका सरकार र नागरिक समाजलाई आह्वान समेत गरेको छ । ‘यस कार्यमा सबै राजनीतिक दल, तीनै तहका सरकारहरू, आम सञ्चार माध्यम तथा नागरिक समाज समेतले आआफ्नो स्थानबाट सहयोग गरिदिनुहुन समेत निर्वाचन आयोग हार्दिक अनुरोध गर्दछ, आयोगले भनेको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...