News Portal

रेडियो सुन्नुहोस्

खाद्य अनुज्ञा पत्र नवीकरण गर्न सकस भएको उद्यमीकाे गुनासो

शशिधर भण्डारी२०८१ मङ्सिर २१
१३४१ पटक
२०८१ मङ्सिर २१

प्यूठानका उद्यमीहरूले खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट पाइने अनुज्ञा पत्र पाउन, पाएपछि नवीकरण गर्न सकस भएको गुनासो गरेका छन् । घरेलु तथा साना उद्योग विकास कार्यालय प्यूठानको आयोजनामा शुक्रवार खलङ्गामा भएको उत्पादन वस्तुको गुणस्तर र लेवलिङ्ग सम्बन्धी अभिमुखीकरण कार्यक्रममा साना उद्योगीहरूले व्यावसायिक समस्याहरू राखेका हुन् । जिल्लामा अनुज्ञा पत्र ल्याउनु पर्ने व्यवसायीहरूले नेपालगन्ज पुग्ने र त्यहाँको कार्यालयले गर्ने ढिलासुस्तीले हैरानी भोग्नु परेको उद्यमी वसन्त शर्माले बताए । ‘यति टाढाबाट पुग्दा पनि काम नगरिदिने, पटक पटक बोलाउँदै दुःख दिने मात्रै भयो’ शर्माले भने,‘ मूल्य अभिवृद्धि कर, विद्युत्, लेभलिङ, अनुज्ञा पत्रमा थुप्रै झन्झट हुने गरेका छन् ।’

कार्यक्रममा खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरीक्षक अधिकारी सुदर्शन गोसाईंले खाद्यको गुणस्तरीयता र लेभलिङका विषयमा सहजीकरण गरेका थिए । उनले मापदण्ड अनुसार गुणस्तर कायम गरी खाद्य पदार्थ विक्री गरे दीर्घकालीन रूपमा राम्रो हुने बताए । गोसाईंले उत्पादनको नाम, उत्पादक÷वितरकका नाम÷पुरा ठेगाना, सम्मिश्रण, ब्याच नम्बर, उत्पादित मिति, उपभोग मिति, कुल तौल÷आयतन, खुद तौल÷आयतन, खाद्य गुणस्तरको अनुज्ञा पत्र नम्बर, उद्योग दर्ता नम्बर अनिवार्य राख्नु पर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी लुम्बिनी प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठले संविधानले नै खाद्य सम्बन्धी हक, उपभोक्ताको हक जस्ता अधिकारीलाई मौलिक हकको रूपमा राखेको बताइन् । उनले गुणस्तरीय बस्तु उत्पादन र लेवलिङ ध्यान दिन आग्रह गरिन् ।

जिल्लामा उत्पादन भएका वस्तुहरूको गुणस्तर कायममा पुनः तार्जकीका लागि अभिमुखीकरण कार्यक्रम गरिएको घरेलु तथा साना उद्योग विकास कार्यालयका निमित्त प्रमुख मनि बहादुर गुरुङले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...