News Portal

रेडियो सुन्नुहोस्

काफलबुटाका ५३ बालबालिकालाई न्यानो कपडा वितरण

बोम बहादुर परियार२०८१ मंसिर १२
४०१ पटक
२०८१ मंसिर १२

प्यूठान नगरपालिका–५ काफलबुटा स्थित शिद्धभूमी प्राथमिक विद्यालयमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज प्यूठानले बुधवार ५३ जना विद्यार्थीलाई सामग्री हस्तान्तरण गरिएको जनाएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य मनु लामाले न्यानो माया अभियान चलाइ ६६ हजार सात सय ५२ रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको जानकारी दिए । उनले ग्रामीण क्षेत्रका विद्यालयमा आउने बालबालिका लाई न्यानो होस भन्दै अभियान चलाई  एक एक सेट न्यानो ट्र्याक, न्यानो टोपी , टिसर्ट , कपि, सीसाकलम , लगायतका सामाग्री वितरण गरेको बताए ।

सोही विद्यालयमा अध्ययन गरेका आकाश भण्डारीले न्यानो कपडाका अभियन्ताहरूलाई धन्यवाद दिए । अभियानमा आफू समेत सहभागी भएकोले विद्यालयको शैक्षिक गुणस्तरका लागि सबै क्षेत्रबाट सहयोग गर्ने बताए ।

विद्यालयका प्रधानाध्यापक बाला खड्काले विद्यालयका बालबालिकाहरूको  अवस्था दयनीय देखेपछि न्यानो कपडा दिने सोच बनाएको र आज सबैलाई न्यानो कपडा बाँड्न पाउँदा गर्व महसुस भएको बताए । विद्यालयमै पुगेर गरेको सहयोगले विद्यालयको शैक्षिक सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

त्यस्तै कार्यक्रमका विशेष अतिथि सुमन सुवेदीले बिरामी बचाउने र रगत उपलब्ध गराउने क्षेत्रमा काम गर्दै आएको रक्तदाता समाज प्यूठानले विद्यार्थी, बालबालिका र शैक्षिक सुधारमा महत्त्वपूर्ण काम गरेको बताए ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका युवाहरू मनु लामा , आकाश भण्डारी , जीवन खनाल , गोकुल शाह , हरि बस्नेत , रुद्र पोख्रेल , सुमन सुबेदी , रोशन केसी लगायतले सहयोग अभियान चलाएका थिए । अभियानमा विभिन्न सहयोगी दाताहरूले सहयोग गरेका थिए । आगामी दिनमा पनि जिल्लाका ग्रामीण भेगमा पर्ने विद्यालयहरूमा थप सहयोग गर्ने रक्तदाता समाज प्यूठानले जनाएको छ ।

२०१५ सालमा स्थापना भएको विद्यालयमा प्यूठान नगरपालिका ५ र ६ का बालबालिकाले अध्ययन गर्दै आएका छन् । आफ्ना बालबालिकाले न्यानो कपडा पाएपछि अभिभावक समेत खुसी भएको प्रतिक्रिया दिएका छन् ।

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

एकिकृत कृषि कार्यालयद्वारा चालु वर्षका योजनाहरुको अनुगमन

एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानले चालु आर्थिक वर्षमा सञ्चालित विभिन्न योजनाको अनुगमन गरेको...

बीमाको विषयमा पत्रकारसंग अन्तरक्रिया सम्पन्न

बीमाको विषयमा पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम जुम्रीमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण...

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...