News Portal

रेडियो सुन्नुहोस्

कांङ्ग्रेस प्युठानमा विष्णु गिरि निर्वाचित

झुलेनि नेटवर्क
११८२ पटक

नेपाली कांग्रेस प्यूठानको जिल्ला सभापतिमा बिष्णु कुमार गिरी निर्वाचित भएका छन्। मंगलबार सम्पन्न भएको १४ आौ निर्वाचनमा गिरिले ७२ मत अन्तरले प्रत्यासी शिवराज रिजाललाई पछि पारेका हुन ।

जिल्ला सभापती पदका लागि खसेको १०६९ मतमध्ये गिरीले ५ सय ६६ मत ल्याएका  थिए भने रिजालले ४ सय ९४ मत प्राप्त गरेका हुन । निर्वाचित गिरि गगन थापा निकट मानिन्छन भने उनी विस्वासपात्र हुन । पराजित रिजाल देउवा समूह निकटका हुन ।
सभापति पदका लागि सर्वसहमत हुन नसकेपछि निर्वाचन भएको हो ।                                                                   

यस्तो छ जिल्ला कार्यसमिती।
जिल्ला अधिबेशनबाट जिल्ला उपसभापतीमा देवेन्द्र ब्रह्म र इश्वर सिंह विष्ट, सचिबमा टोपाराम कालाथोकी र नरेन्द्र पुन मगर (एनपि) सर्वसहमत चयन भएका थिए भने सहसचिबमा नारायण ज्ञवाली र प्रमोद पोखेल निर्विरोध चयन भएका हुन ।
सदस्यहरुमा कृष्णबहादुर जि.सी., प्रतिभा पौडेल, मित्रबहादुर मल्ल, लुसा आचार्य, तिलककुमार वि.क., दामोदर कालाथोकी, रिता नेपाली, कमला शाही, विजय कुमार श्रेष्ठ, रामप्रसाद न्यौपाने, सुमित्रा गौतम, कमलराज रिजाल, किशोर महतरा, नारायणी थापा लम्साल, कमला कामी, रामचन्द्र पौडेल, भिम मरासिनी, टिका मरासिनी, बसन्तकुमार के.सी., पवित्रा जि.सी., दिपक के.सी., नेत्रमणि पोख्रेल, सुशील कुमार डागी, गोमा भट्ट, खगेश्वर थापा, चन्द्र रोकामगर, सावित्रा बुढामगर, फनि बुढा, राधा सुनार, कर्ण वि.क., देउमान थापा, नामबहादुर नेपाली, बब्बर अलि मिया निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

महाधिबेशन प्रतिनिधि को को छानिए ?
महाधिवेशन प्रतिनिधिमा निमा गिरी, भगवता विष्ट, निसा योगी, मेनका घिमिरे, गोविन्दराज पोख्रेल, मुक्तिप्रसाद शर्मा, दिवाकर गौतम, सुवास के.सी., अमरप्रसाद भण्डारी, धर्म बहादुर जि.सी., बद्री लम्साल, मानबहादुर वली, खिमानसिंह रायमाझि, हुकुमबहादुर विष्ट, सावित्रा अधिकारी, साधना राउत, सालिकराम पण्डित, रोज राणा (सरोज थापा), धनलक्ष्मी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, देविराम पुन, सनत श्रेष्ठ, विन्दु परियार, गोपाल वि.क., मोहमद हमित शाह, पुर्णप्रसाद कालाथोकी निर्वाचित भएका छन् ।

मतगणनाका क्रममा गोली चल्यो : ७ घाइते
जिल्ला अधिवेशनको मतगणना स्थलमा मंगलवार राति गोलि चलेको छ । मतगणनाको क्रममा बिष्णु कुमार गिरीले अग्रता लिएपछि रिजाल पक्षका युवाहरुले अचानक आक्रमण गरेको बताइएको छ ।
मतपरिणममा असन्तुष्टि जनाउँदै युवाहरुले गरिरहेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको थियो ।
मतगणना स्थल स्वर्गद्वारी क्याम्पसमा कांग्रेस कार्यकर्ता र नेपाल प्रहरी बीच झड्प भएको हो। प्रदर्शनले उग्र रुप लिएपछि  स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो । झडपका क्रममा  प्रहरी सहित ७ जना घाईते भएका छन। घाईतेहरु मध्ये केहिको प्युठान अस्पताल र केहिको बुटवलमा उपचार भइरहेको छ ।                                                                                 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...