News Portal

रेडियो सुन्नुहोस्

हाम्राे नजर – सकृयताले बन्यो असारे चौर : जागिरपछि समाजसेवामा

तेजेन्द्र बि.एम.२०७८ मंसिर १२ प्यूठान
१००७ पटक
२०७८ मंसिर १२ प्यूठान

मल्लरानी गाउँपालिका–४, बाँसखोला असारे चौरमा बनेको पार्कको आकर्षण बढ्दै गएको छ । स्वर्गिय बुबा गोविन्द बहादुरको नाममा स्थानीय हिम्मत बिक्रम शाहले २०५९ सालमा बर पिपलको बोटलाई घेरेर सानो प्रतिक्षालय बनाएर थालेको असारेचौर पार्कले पूणता पाउदै छ । भारतीय सेनामा कार्यरत शाहले त्यतिबेला देखिनै चौरको संरक्षण गरि पर्यटकीय स्थल बनाउने सोच थालेका थिए । पछि अवकासर पछि पनि उनी असारेचौर पार्क निर्माणमा रिनरन्तर लागिरहेका छन् । उनको पहलमा ११ जना भुपु सैनिकहरु बाट १५ हजार रकम संकलन गरेर ठाँटी पनि बनाए । २०७१ सालमा साविक खलङ्गा गा.वि.स. बाट १ लाख १४ हजार बजेत बिनियोजन गरि पार्क र घामपानी छेक्न छानो सहितको प्रतिक्षालय निर्माण भएको थियो । आकर्षणको रुपमा यहाँ एउटा असारमा पाक्ने ठूलो आँपको रुख छ, जसलाई असारे आँप भन्ने गर्दा गर्दै यो ठाउको नामा असारेचौर भएको स्थानीय बताउँछन् । पार्क निर्माणले गर्दा यो क्षेत्रमा हरियालीले भरिदै गएपछि हिजोआज असारे चौरलाई हरालि पार्क भनेर पनि चिनाउन थालिएको छ ।


२०७२ सालमा प्यूठान नगरपालिकाबाट चौर घेराबन्दि तथा छेकबार गर्न ४ लाख ३६ हजार बजेत बिनियोजन भएको थियो । त्यसमा १ लाख जनश्रमदान मार्फत स्थानीयले काम गरेका थिए । स्थानीय तह बिभाजन भएपछि २०७५ सालमा मल्लरानी गाउँपालिकाले २ लाख बजेत विनियोजन गरेको थियो । अहिले शाहले ६० हजारको व्यक्तिगत लगानीमा स्वर्गिय बुबा गोविन्द बहादुर, आमा धिज कुमारी र श्रीमति रुपा शाहको नाममा आधुनिक किसिमले नाम सहितको छाता प्रतिक्षालय समेत बनाएका छन् । श्रीमतिको नाममा झोलुङ्गे पुल मुनि खानेपानी धारो बनाएका छन् । धारोमा पानी पिउन जाँदा लडेर खस्न सक्ने सम्भावना भएकाले सुरक्षाको लागि स्थानीय निमबहादुर थापा मगर, कालिका थापा मगर र मनपुरा थापा मगरद्वारा रेलिङ्ग लगाईएको छ । २०४४ सालमा नापी गर्दा यो चौर उनका बुबा गोविन्द बहादुरले जिल्ला प्रशासन कार्यालय प्यूठानको नाममा नामसारी गरि पास गरिदिएका थिए ।

झोलुङ्गे पुल बनेपछि पिकनिक खाने तथा घुम्ने र ठाउँ अवलोकन गर्ने पर्यटकहरुको भिड हुन थालेको छ । प्यूठान नगरपालिका र मल्लरानी जोड्ने झोलुङ्गे पुलका निर्माण व्यवसायी पूर्वि रुकुमका शशीधर खड्काले यस क्षेत्रमा थप आकर्षण बढाउँन शिव र दक्षिणकालि दुईवटा मन्दिर निर्माणका लागि ६७ हजार २ सय २५ रुपिया सहयोग गरेका थिए । हिम्मत बिक्रम शाहले शिव मूर्ति बनाउँन २५ हजार र फिल्ड निर्माणका लागि १५ हजार ३ सय, मल्लरानी–४, बाँसखोलाका गंगाराम बस्नेतले साँढको मूर्ति निर्माका लागि १० हजार ५५ र मल्लरानी–४, बाँसखोला कै केशव शाहले फिल्ड निर्माणको लागि ५ हजार रकम सहयोग गरेका छन् । खानेपानी धारो निर्माण गर्न नरेश शाहिले ३० हजार सहयोग गरेका थिए । प्यूठान नगरपालिका–१, खैरा निवासी लोकबहादुर बस्नेतले मन्दिर, पार्कको रेलिङ्ग, पर्खाल, चौपारी, गेट, बेन्च आदि सम्पूर्णमा रंगरोगनका लागि रंग सामग्री सहयोग गरेको हिक्मत बहादुरलले बताए ।

असारेचौरमा डिभिजन वन कार्यालयको सहयोगमा धुपि सल्ला तथा अन्य धेरै बोट बिरुवाहरु लगाएको छ । ‘अहिले ३० वर्ष भैसक्यो अवकास लिएको । पार्कलाई अझै व्यवस्थापन र संरक्षण गर्न लागि परिरहेको छु,’ उनले भने । उनि पार्कसम्म आफ्नै घरबाट तार लगेर लाइनको समेत व्यवस्था गरेका छन् । पार्क वरीपरि बिभिन्न फुलका बिरुवाहरु लगाएर झन रमणिय बनाइएको छ । पार्कमा अहिले स्कुल, कलेज, संघ संस्थाबाट र अन्य बिभिन्न क्षेत्रका व्यक्तिहरु पिकनिक खान तथा घुम्न आउनेहरु धेरै हुन्छन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...