News Portal

रेडियो सुन्नुहोस्

हाम्राे नजर – सकृयताले बन्यो असारे चौर : जागिरपछि समाजसेवामा

तेजेन्द्र बि.एम.२०७८ मंसिर १२ प्यूठान
७९१ पटक
२०७८ मंसिर १२ प्यूठान

मल्लरानी गाउँपालिका–४, बाँसखोला असारे चौरमा बनेको पार्कको आकर्षण बढ्दै गएको छ । स्वर्गिय बुबा गोविन्द बहादुरको नाममा स्थानीय हिम्मत बिक्रम शाहले २०५९ सालमा बर पिपलको बोटलाई घेरेर सानो प्रतिक्षालय बनाएर थालेको असारेचौर पार्कले पूणता पाउदै छ । भारतीय सेनामा कार्यरत शाहले त्यतिबेला देखिनै चौरको संरक्षण गरि पर्यटकीय स्थल बनाउने सोच थालेका थिए । पछि अवकासर पछि पनि उनी असारेचौर पार्क निर्माणमा रिनरन्तर लागिरहेका छन् । उनको पहलमा ११ जना भुपु सैनिकहरु बाट १५ हजार रकम संकलन गरेर ठाँटी पनि बनाए । २०७१ सालमा साविक खलङ्गा गा.वि.स. बाट १ लाख १४ हजार बजेत बिनियोजन गरि पार्क र घामपानी छेक्न छानो सहितको प्रतिक्षालय निर्माण भएको थियो । आकर्षणको रुपमा यहाँ एउटा असारमा पाक्ने ठूलो आँपको रुख छ, जसलाई असारे आँप भन्ने गर्दा गर्दै यो ठाउको नामा असारेचौर भएको स्थानीय बताउँछन् । पार्क निर्माणले गर्दा यो क्षेत्रमा हरियालीले भरिदै गएपछि हिजोआज असारे चौरलाई हरालि पार्क भनेर पनि चिनाउन थालिएको छ ।


२०७२ सालमा प्यूठान नगरपालिकाबाट चौर घेराबन्दि तथा छेकबार गर्न ४ लाख ३६ हजार बजेत बिनियोजन भएको थियो । त्यसमा १ लाख जनश्रमदान मार्फत स्थानीयले काम गरेका थिए । स्थानीय तह बिभाजन भएपछि २०७५ सालमा मल्लरानी गाउँपालिकाले २ लाख बजेत विनियोजन गरेको थियो । अहिले शाहले ६० हजारको व्यक्तिगत लगानीमा स्वर्गिय बुबा गोविन्द बहादुर, आमा धिज कुमारी र श्रीमति रुपा शाहको नाममा आधुनिक किसिमले नाम सहितको छाता प्रतिक्षालय समेत बनाएका छन् । श्रीमतिको नाममा झोलुङ्गे पुल मुनि खानेपानी धारो बनाएका छन् । धारोमा पानी पिउन जाँदा लडेर खस्न सक्ने सम्भावना भएकाले सुरक्षाको लागि स्थानीय निमबहादुर थापा मगर, कालिका थापा मगर र मनपुरा थापा मगरद्वारा रेलिङ्ग लगाईएको छ । २०४४ सालमा नापी गर्दा यो चौर उनका बुबा गोविन्द बहादुरले जिल्ला प्रशासन कार्यालय प्यूठानको नाममा नामसारी गरि पास गरिदिएका थिए ।

झोलुङ्गे पुल बनेपछि पिकनिक खाने तथा घुम्ने र ठाउँ अवलोकन गर्ने पर्यटकहरुको भिड हुन थालेको छ । प्यूठान नगरपालिका र मल्लरानी जोड्ने झोलुङ्गे पुलका निर्माण व्यवसायी पूर्वि रुकुमका शशीधर खड्काले यस क्षेत्रमा थप आकर्षण बढाउँन शिव र दक्षिणकालि दुईवटा मन्दिर निर्माणका लागि ६७ हजार २ सय २५ रुपिया सहयोग गरेका थिए । हिम्मत बिक्रम शाहले शिव मूर्ति बनाउँन २५ हजार र फिल्ड निर्माणका लागि १५ हजार ३ सय, मल्लरानी–४, बाँसखोलाका गंगाराम बस्नेतले साँढको मूर्ति निर्माका लागि १० हजार ५५ र मल्लरानी–४, बाँसखोला कै केशव शाहले फिल्ड निर्माणको लागि ५ हजार रकम सहयोग गरेका छन् । खानेपानी धारो निर्माण गर्न नरेश शाहिले ३० हजार सहयोग गरेका थिए । प्यूठान नगरपालिका–१, खैरा निवासी लोकबहादुर बस्नेतले मन्दिर, पार्कको रेलिङ्ग, पर्खाल, चौपारी, गेट, बेन्च आदि सम्पूर्णमा रंगरोगनका लागि रंग सामग्री सहयोग गरेको हिक्मत बहादुरलले बताए ।

असारेचौरमा डिभिजन वन कार्यालयको सहयोगमा धुपि सल्ला तथा अन्य धेरै बोट बिरुवाहरु लगाएको छ । ‘अहिले ३० वर्ष भैसक्यो अवकास लिएको । पार्कलाई अझै व्यवस्थापन र संरक्षण गर्न लागि परिरहेको छु,’ उनले भने । उनि पार्कसम्म आफ्नै घरबाट तार लगेर लाइनको समेत व्यवस्था गरेका छन् । पार्क वरीपरि बिभिन्न फुलका बिरुवाहरु लगाएर झन रमणिय बनाइएको छ । पार्कमा अहिले स्कुल, कलेज, संघ संस्थाबाट र अन्य बिभिन्न क्षेत्रका व्यक्तिहरु पिकनिक खान तथा घुम्न आउनेहरु धेरै हुन्छन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...