News Portal

रेडियो सुन्नुहोस्

नयाँ भेरियन्टलाई भ्याक्सिनले नरोक्ने र सचेत रहन डा. गौतमकाे सुझाव

झुलेनी नेटवर्क२०७८ मंसिर १६, काठमाडौँ
४४४ पटक
२०७८ मंसिर १६, काठमाडौँ

दक्षिण अफ्रीकन राज्यहरुमा हाल देखा परेको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ लाई भ्याक्सिनले समेत रोक्न नसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पुर्व प्रवक्ता एवम् प्रोफेसर डा. जागेश्वर गौतमले सावधानी अपनाउन आग्रह गरेका छन् ।

 

उनले ओमिक्रोन भेरियन्टसम्बन्धि गरिएको प्रारम्भिक अनुसन्धान अनुसार कोभिड–१९ विरुद्धको खोपले समेत यस भेरियन्टलाई प्रभाव नपारेको जनाउँदै ट्वीटरमा लेखेका छन्, ‘दक्षिणी अफ्रीकन कण्ट्रीहरुमा देखिएको कोभिड नयाँ भेरियन्टलाई भ्याक्सिनले रोक्न नसक्ने प्रारम्भिक रेपोर्ट आएको छ ।’

 

यसको संक्रमण छिमेकी मुलुक भारतमा देख्नासाथ त्यसको असर नेपालमा पनि देखिने जोखिम उच्च रहेकोतर्फ सर्तक गराउँदै उनले अघि लेखेका छन्, ‘जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्नुको कुनै विकल्प छैन, आफू बचौँ र अरुलाइ पनि बचाऔँ ।’

विश्व स्वास्थ्य संगठन दक्षिण–पूर्वी एसियाले पनि नयाँ भेरियन्टको पहिचान भएको र यसको विश्वव्यापी रुपमा यसको संक्रमित संख्या बढ्दै गएको जनाउँदै सचेत रहन दक्षिण–पूर्वी एसियाली राष्ट्रलाई आग्रह गरेको छ ।

 

यस्तै, अस्ट्रेलियामा समेत सो भेरियन्ट देखा परेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । दक्षिण अफ्रिकाबाट कतार एयरवेजको विमानमा दोहा हुँदै सिड्नी पुगेका दुई यात्रुमा समेत सो भेरियन्ट पुष्टि भएको हो । जबकी उनीहरुले पहिल्यै कोरोना विरुद्वको खोप लगाइसकेका थिए

 

हिमालय पाेष्ट

प्रतिकृया दिनुहोस्

सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री

पेशागत महासंघ जिल्ला कमिटी प्यूठानले सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ...

भानुभक्त मा.बि बर्बोटको वि.व्य.स. गठन निर्वाचनद्धारा गरीने

प्यूठानको चुजाठाटी स्थित भानुभक्त मा.बि बर्बोटको विद्यालय व्यवस्थापन समिती सदस्य गठन चुनाबी प्रकृयामा पुगेको छ...

शैक्षिक गुणस्तर अभिबृद्विका लागि विद्यालयस्तरमा अन्तरक्रिया

नौवहिनी गाउँपालिकाले शैक्षिक स्तर कमजोर रहेका विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकविच अन्तरक्रिया कार्यक्रम गरेको छ...

रक्तदान र आर्थिक सहयोग गरी राष्ट्रिय युवा संघ प्यूठानले स्थापना दिवस मनायो

राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।...

इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गर्‍यो

इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । सोमबार होटेल...