News Portal

रेडियो सुन्नुहोस्

नयाँ भेरियन्टलाई भ्याक्सिनले नरोक्ने र सचेत रहन डा. गौतमकाे सुझाव

झुलेनी नेटवर्क२०७८ मंसिर १६, काठमाडौँ
९५८ पटक
२०७८ मंसिर १६, काठमाडौँ

दक्षिण अफ्रीकन राज्यहरुमा हाल देखा परेको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ लाई भ्याक्सिनले समेत रोक्न नसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पुर्व प्रवक्ता एवम् प्रोफेसर डा. जागेश्वर गौतमले सावधानी अपनाउन आग्रह गरेका छन् ।

 

उनले ओमिक्रोन भेरियन्टसम्बन्धि गरिएको प्रारम्भिक अनुसन्धान अनुसार कोभिड–१९ विरुद्धको खोपले समेत यस भेरियन्टलाई प्रभाव नपारेको जनाउँदै ट्वीटरमा लेखेका छन्, ‘दक्षिणी अफ्रीकन कण्ट्रीहरुमा देखिएको कोभिड नयाँ भेरियन्टलाई भ्याक्सिनले रोक्न नसक्ने प्रारम्भिक रेपोर्ट आएको छ ।’

 

यसको संक्रमण छिमेकी मुलुक भारतमा देख्नासाथ त्यसको असर नेपालमा पनि देखिने जोखिम उच्च रहेकोतर्फ सर्तक गराउँदै उनले अघि लेखेका छन्, ‘जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्नुको कुनै विकल्प छैन, आफू बचौँ र अरुलाइ पनि बचाऔँ ।’

विश्व स्वास्थ्य संगठन दक्षिण–पूर्वी एसियाले पनि नयाँ भेरियन्टको पहिचान भएको र यसको विश्वव्यापी रुपमा यसको संक्रमित संख्या बढ्दै गएको जनाउँदै सचेत रहन दक्षिण–पूर्वी एसियाली राष्ट्रलाई आग्रह गरेको छ ।

 

यस्तै, अस्ट्रेलियामा समेत सो भेरियन्ट देखा परेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । दक्षिण अफ्रिकाबाट कतार एयरवेजको विमानमा दोहा हुँदै सिड्नी पुगेका दुई यात्रुमा समेत सो भेरियन्ट पुष्टि भएको हो । जबकी उनीहरुले पहिल्यै कोरोना विरुद्वको खोप लगाइसकेका थिए

 

हिमालय पाेष्ट

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...