News Portal

रेडियो सुन्नुहोस्

प्यूठानको भेटेरिनरी तथा एग्रोभेट गैर जिम्मेवार छ : अध्यक्ष पौडेल

साच्चै किसानका लागि सहि काम गर्न सक्नुहुन्न भने आउँनुस तपाइहरुले खाने तलब मै बाख्रे गोठालोले दिन्छु !

तेजेन्द्र बि. एम.२०७८ मंसिर २०
१०४९ पटक
२०७८ मंसिर २०

नेपाल व्यवसायिक बाख्रापालक महासंघ प्यूठानको प्रथम अधिवेशन जुम्रिमा आयोजना भएको छ । सोमबार विजय लक्ष्मी महिला सहकारी संस्थाको भवनको हलमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बिभिन राजनितिक दल, कृषि तथा सहकारि संस्थाका प्रमुख तथा प्रतिनिधि एवं जिल्लाभरका बाख्रापालक व्यवसायिहरुको सक्रिय उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल व्यवसायिक बाख्रापालक महासंघ नेपालका केन्द्रिय अध्यक्ष प्रेम सागर पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । केन्द्रका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सेंदाई, जिल्ला कृषि सहकारि संघ प्यूठानका अध्यक्ष दिन बहादुर जि. सि. लगायतका व्यक्तिहरुको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष पौडेलले ‘प्यूठानको भेटेरिनरी तथा एग्रोभेट गैर जिम्मेवार बनेको छ । बजेत छैन माग गनुस् तर किसानलाई मर्कामा नपार्नुस् । नत्र हामि बल प्रयोग गर्न समेत पछि पर्दैनौ,’ उनले भने । उनका अनुसार भगवान विश्वासमा हुन्छ, कसैले देखेको छैन तर जिउँदो र सच्चा भगवान किसान नै हो । जन्मेदेखि मृत्युसम्म किसानकै उत्पादन काम लाग्ने गर्दछ । ‘कृषि क्षेत्रमा काम गर्ने अधिकारीहरुलाई साच्चै किसानका लागि सहि काम गर्न सक्नुहुन्न भने आउँनुस तपाइहरुले खाने तलब मै बाख्रे गोठालोले दिन्छु, कनैपनि किसान पशुको लागि औषधी नपाएर मर्छ भने किसानले तपाइलाई मार्नु पर्छ,’ उनले भने । कनैपनि किसानलाई बिरामि भएर घरमै थला पर्ने अवस्था नहोस्, भनि रातको १२ बजेपनि बाख्रा बेचेर अस्पताल जान सक्ने व्यवस्थाको लागि लुम्बिनी कृषि विकास तथा सहकारी संस्थाको स्थापना गरेका छौं, अब महिना दिन भित्र सञ्चालनमा आउँने उनले बताए । बाख्रापालन व्यवसायिहरुले व्यवसायिक गतिविधि थाहाँ पाउँन र गुनासो समेत राख्न पाउँने गरि एक÷डेढ महिनामै एप्सको प्रयोग गर्न पाउँनेछन् साथै अब डाटा राख्न मात्र बाँकी रहेको उनले बताए ।

केन्द्रका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सेंदाइले कार्यक्रममा बोल्दै ‘हाम्रो निमन्त्रणालाई स्विकार गरेर यहाँ आएर राजनैतिक दलका नेता, बैंक तथा बिमा कम्पनिहरुले जति मिठा शैलि र भावनात्मक धंगले ऋण दिन्छौं भन्छन्, त्यसरि पछि दिदैनन् किसानको विश्वास गर्दैनन्,’ उनले भने । वास्तविक किसानलाई पहिचान गरि उत्पादनमुखि व्यवसाय गर्न सकियो भने कृषक सफल हुने उनले बताए । जिल्ला कृषि सहकारी संघ प्यूठानका अध्यक्ष दिन बहादुर जि.सि. कार्यक्रममा बाल्दै ‘खालि खुट्टा हिड्ने सयौं बाख्रा पाल्ने किसानहरु छन् जिल्लामा त्यसलाई व्यवसायिकरण गर्न जरुरि छ, राज्यले उत्पादनमुखि बजेत ल्याउनुपर्छ । हरेक क्षेत्रका किसान र उनिहरुको व्यवसायिक स्तरलाई बढाउँन जिल्लाभरका किसानलाई गोलबद्ध गर्न जरुरि छ,’ उनले भने ।

टंक बहादुर खड्काले यस कार्यक्रममा बोल्दै ‘राज्यले दिने सुबिधा वास्तविक किसानले पाउनुपर्छ, बाख्रापालन निर्बाहमुखि होइन व्यवसायमुलक बनाउँनुपर्छ, किसानले पाउने अनुदान तथा अन्य सेवाहरुमा बिचौलियाहरुको छादा प्रर्वतिलाई बन्द गर्न यो जिल्ला कमिटिले जोड दिनुपर्छ,’ उनले भने । त्यस्तै बुद्ध बहादुर बस्नेले पनि कार्यक्रममा बोल्दै बाख्रापालन गर्ने किसानले त्यसैलाई थप व्यवस्थित गरि आत्मनिर्भर हुनुपर्ने उनले बताए ।

नेपाल व्यवसायिक बाख्रापालक महासंघ प्यूठानका अध्यक्ष राम बहादुर एम. सिको अध्यक्षतामा भएको खुल्ला सत्रको कार्यक्रमको सञ्भालन भने जिल्लाका सचिव केशब के. सिले गरेका थिए ।

यसैबिच बन्दसत्र कार्यक्रम पनि सकिएको छ । प्रथम अधिवेशनबाट निर्बिरोध नयाँ जिल्ला कार्यसमिति चयन भएको छ । अध्यक्ष्मा राम बहादुर एम. सि., उपाध्यक्ष देवा घर्ति मगर, सचिव पदम के. सि., सह–सचिव भवन कार्कि र कोषाध्यक्षमा बिनोद खड्का चयन भएका छन् । सदस्यहरुमा महेन्द्र जि. सि., सन्तोष अधिकारि, शसिधर रिजाल, पुर्ख सिंह सुनार, कमला खनाल, देव बहादुर के. सि., हर्क बहादुर घर्ति मगर, हुकुम पुन मगर, केशर अधिकारि, भावना श्रेष्ठ, छविलाल पुन, गिरु प्रसाद भुषाल र रबिन्द्र मल्ल चयन भएका छन् । त्यस्तै प्रदेश प्रतिनिधिहरुमा दल बहादुर खत्रि, केशव के. सि., प्रेम पुन, डोरी रोका र लक्ष्मी श्रेष्ठ चयन भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...