News Portal

रेडियो सुन्नुहोस्

गाउँ गाउँमा बन्दै सिंहदरवार

मल्लरानीले जग्गा पायो, गौमुखीले टेण्डर गर्दै

एलबी थापा
८३० पटक

जिल्लाका सबै स्थानीय तहले सिंहदरवार बनाउने कार्यलाई धमाधम तिब्रता दिइरहेका छन् । जिल्लाको मल्लरानी गाउँपालिका बाहेक सबै गाउँपालिकाको अत्याधुनिक सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण प्रक्रिया थालिएको छ । केहिँले भवन निर्माण सम्पन्न गर्ने तयारीमा छन् भने भवन निर्माणको प्रक्रियामा रहेका छन् । स्थानीय तह स्थापनाको पहिलो पाँच वर्षमै सबै पालिकाको ‘सिंहदरबार’ तयार हुने भनिएको थियो ।

जिल्लाका ९ स्थानीय तह मध्ये प्यूठान नगरपालिकाले सबैभन्दा पहिले आफ्नो प्रशासनिक भवन बनाएको हो । २० वटा भन्दा बढी कार्यकक्ष रहेको भवनमा नगरपालिकाले २०७६ बैशाख महिनाबाट प्रशासनिक काम थालेको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए ।

नेपाल सरकारबाट भवन निर्माणको लागि आ.व. ०७१÷७२ मा १ करोड प्राप्त भएको थियो र वहुवर्षिय योजनाको रूपमा कार्य सम्पन्न भएको भवन निर्माणमा ४ करोड ४८ लाख ५३ हजार रुपैयाँ बरावर खर्च भएको उनले बताए ।
प्युठान नगरपालिका वडा नम्वर ४ बिजुवारमा ३ हजार ५ सय ६१.३६ वर्ग मि. क्षेत्रफल बरवरको जग्गा छ । नव निर्मित भवन ७ सय १३.८४ वर्ग मिटर क्षेत्रफलमा निर्माण भएको प्रशासकिय भवन भुकम्प प्रतिरोधात्मक रहेको छ ।

सरुमारानी गाउँपालिकाले पनि आफ्नै प्रशासकिय भवन निर्माण गरी २०७८ को जेठ महिनाबाट आफ्नै भवनबाट सेवा दिइरहेको छ । आफ्नै भवनबाट सेवा दिने गाउँपालिकामध्ये सरुमारानी पहिलो गाउँपालिका हो । गाउँपालिकाले बड्डाँडामा आफ्नै भवन बनाएको गाउँपालिका अध्यक्ष झक बहादुर बिश्वकर्माले बताए । उनका अनुसार भवनको पहिलो भुइतल्ला बनाउन १ करोड २६ लाख १७ हजार रुपैयाँ खर्च भएको छ भने दोस्रो तल्ला बनाउन करिब ६५ लाख रुपैयाँ लागत लागेको थियो ।

हाल दिइरहेको सेवालाई निरन्तरता दिन अहिलेको १३ कोठे भवन अपुग भएकाले करिव ४ तल्ला सम्म बनाउन सके सेवाग्राहीलाई सहज तरीकाले सेवा दिन सकिने प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी रेग्मीले बताए । ‘अहिले एउटै कोठामा टेबल कुर्चि राखेर खादिएरै सेवा दिइरहेका छौं’ उनले भने, ‘पालिकामा आफ्नै शाखा बाहेक धेरै क्षेत्रका काम गर्नुपर्ने भएकाले कार्यकक्ष अपुग भएको छ ।’

माण्डवी गाउँपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न हुने प्रक्रियामा रहेका अध्यक्ष श्रीधर रोकाले जानकारी दिए । ‘भवन निर्माण सकिइ सकेका छौं’, अध्यक्ष रोकाले भने, ‘मंसिर र पुस महिनाभर फिनिसिङ सक्काएर माघ महिनाबाटै आफ्नै भवनबाट काम थालनी हुनेछ ।’ यहाँको भवन हल सहितको २२ कोठे ढाई तल्लाको निर्माण भएको छ ।

‘अहिलेलाई प्रशासनिक भवन मात्र निर्माण भएको हो’, प्रमुख प्रशासकिय अधिकृत शिसिर रिजालले भने, ‘आवासीय नभएकाले प्रशासनिक कामको लागि प्रयाप्त मात्रामा कार्यकक्ष बन्नेछन् ।’ रिजालका अनुसार करिव ५ करोड ५० लाख बरावरमा भवन निर्माण भएको हो ।

ऐरावती गाउँपालिकाले वडा नं. २ को बरौंला ददेरीपाटामा भवन निर्माण भइरहेको छ । पहिलो तल्ला निर्माण सम्पन्न भई अहिले दोस्रो तल्लाको काम भइरहेको छ । झिमरुक गाउँपालिकाको प्रशासनिक भवनको निर्माण कार्य सम्पन्न भएको छ । भवन निर्माण कार्य सम्पन्न भई रंगरोगनको काम समेत सकिएको र अहिले कार्यकक्ष निर्माणको काम भइरहेको गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसीले बताए । चार तल्लाको भवन निर्माण गर्ने डिपिआर तयार भएपनि अहिले २२ कोठाको २ तले भवन निर्माण पुरा भएको हो ।

भवनको लागत अनुमान ६ करोड ५७ लाख ३५ हजार ७ सय २४ रुपैयाँ रहेको प्रमुख प्रशासकिय अधिकृत शुवाष रिजालले जानकारी दिए । प्रशासनिक भवनमा आपतकालिन भर्याङ र अपाङ्गमैत्री शौचालय समेत निर्माण गरीएको छ ।
आफ्नै भवन निर्माणपछि कार्यालयको नियमित सेवा प्रवाहमा सहज हुने अपेक्षा गाउँपालिकाले लिएको छ । गाउँपालिकाले यसअँघि सोहि ठाउँमै सभाहल निर्माण गरी पार्टिसन गरेर सेवा प्रवाह गर्दै आएको छ ।

नौबहिनी गाउँपालिकाले बाहानेमा साडे ३ तलाको भवन निर्माण थालेको छ । करिव ६ करोड ५० लाख लागतमा निर्माण सम्पन्न हुने अनुमानित लागत सहित २०७८ असार महिनामा भवन निर्माणको लागि शिल्यान्यास गरीएको छ । मल्लरानी–रविना–आँशु जेभिले २०७९ मंसिरमा काम सम्पन्न हुने गरी ठेक्का सम्झौता भई काम गरीरहेको निमिक्त प्रमुख प्रशासकिय अधिकृत अरविन्द्र ब्रह्माले बताए ।

गौमुखी गाउँपालिकाले यसअघि सभाहल निर्माण गरीसकेको छ भने अब प्रशासनिक भवन निर्माणको चरणमा रहेको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले बताए । भवन निर्माणको लागि चालु आर्थिक वर्षमा १ करोड ३० लाख रुपैयाँ छुट्टयाइएको छ । करिव ३ तल्लाको बन्न लागेको भवन निर्माण सम्पन्न गर्नको लागि करिब ५ करोड रुपैयाँ अनुमान गरीएको छ । डिपिआर सम्पन्न भई तत्कालै टेण्डर प्रक्रियामा लैजाने तयारी भइरहेको छ ।

मल्लरानी गाउँपालिकाले भने बल्ल जग्गा प्राप्तिको प्रक्रिया टुङ्गाएको छ । ६ रोपनी जग्गा प्राप्ती गरी पौस मसान्तसम्म डिपिआर सम्पन्न गरी भवन निर्माणको लागि माग योजना रहेको प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण थापाले बताए । पुस महिना लाग्दै टेन्डर प्रक्रिया सुरु गर्ने कार्यालयले जनाएको छ । हाल गाउँपालिका भाडामा बस्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

जिल्ला अस्पताल विजुवारको विद्युत समस्या हलहुने (भिडियो सहित)

जिल्ला अस्पताल बिजुवारमा नयाँ विद्युत लाइन जडान गरिएको छ । अस्पतालमा प्रयाप्त विद्युत प्रभाह नभएका...

प्यूठानमा आगलागीमा संलग्न ४ जना पक्राउ

आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्यूठानका अनुसार...

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका...

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...