News Portal

रेडियो सुन्नुहोस्

निर्माण व्यवसायी संघको अध्यक्षमा नविनकुमार श्रेष्ठ

झुलेनी पोष्ट२०७८ पौष १८
१६३१ पटक
२०७८ पौष १८

निर्माण व्यवसायी संघ प्यूठानको अध्यक्षमा नविन कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको छ । संघको पाँचौ अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय पदाधिकारी निर्वाचित भएका हुन् । निर्वाचित अध्यक्ष निवर्तमान कोषाध्यक्ष हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा प्रेम प्रसाद पण्डित, द्वितीय उपाध्यक्ष शोभाराम न्यौपाने, महासचिव नारायण ज्ञवाली, सचिव केशव खड्का, कोषाध्यक्ष विशेक थापा निर्वाचित भएका हुन् । सदस्यहरुमा कृष्ण कर्माचार्य, हिरालाल गिरी, सुरेश अधिकारी, कमल श्रेष्ठ, अर्जुन श्रेष्ठ, अर्जुनसिंह बि.क., सुर्य बहादुर कुवर, खगेश्वर थापा, रेगम कुवर निर्वाचित भएका हुन् ।

संघको दशौं साधारण सभा हिँजो सम्पन्न भएको हो भने पाँचौ अधिवेशनको बन्द सत्र आइतवार दिउँसो सम्पन्न भएको हो ।

माओवादी निकट व्यवसायीहरु बाहिरिए :

निर्माण व्यवसायी संघ प्यूठानमा आवद्ध नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरु बाहिरिएको घोषणा गरेका छन् । हाल नेतृत्वमा रहेको समितिले पद बाँडफाँड लगायत विविध कार्यको विषयमा आरोप लगाउँदै आफूहरु प्रतिपक्षमा बस्ने निर्णय गरेको व्यवसायी मुकेश थापाले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...