News Portal

रेडियो सुन्नुहोस्

बङ्गुर पालनबाट आत्मनिर्भर

सुजाता थापा क्षेत्री२०७८ पुष २८, प्यूठान
६०५ पटक
२०७८ पुष २८, प्यूठान

रोजगारका लागि यमकर्ण बहादुर नेपालीले स्वदेश देखि विदेशसम्म धेरै ठाउँमा धाएका छन् । छिमेकी मुलुक भारत यिनका लागि पानी पँधेरो जस्तै भयो । कामका लागि जान्थे केहिँ कमाएर घर आउँथे । सिप बिनाको कमाइले घर गुजाराका लागि कठिन हुन्थ्यो यिनलाई ।

अहिले ४१ वर्षका पुगेका नेपाली घरको आय व्यवस्था सुधार्नका लागि खाडी मुलुक पनि गए । खाडी मुलुकममा १२ वर्ष बिताएका यिनलाई जहाँ गयो सोचेजस्तै कमाइ हुन सकेन । कोभिड–१९, का कारण घर आउन नसक्दा खाडी मुलुकमै ४ महिनासम्म लकडाउनमा फसेको बताउँछन् यिनले । ‘जसोतसो स्वदेश फर्केपछि अब बिदेश नजाने सुर गरे’, ‘१७ वर्ष घर बाहिरै बितेछ, मैले सोंचे अब गाउँम इलम गर्छु ।’ उनका अनुसार नेपालीले प्यूठान नगरपालिका ३ सापडाँडामा न्यु रोशन कृषि तथा पशुपंक्षी बङ्गुर फर्म स्थापना गरेका छन् ।

फर्म सञ्चालनको लागि ८ लाख रुपैयाँ लगानी लागेको उनी बताउँछन् । फर्ममा दर्भानबाट विदेशी ड्यूरोक जातको ६ वटा बंगुर खरिद गरि पालेका छन् । ‘फर्म सञ्चालनमा ल्याएको १ वर्ष भइसक्यो’, उनले भने, ‘बजारमा बङ्गुरको मासु र यसका पाठापाठीको माग बढ्दो छ ।’ माग अनुसार आफूले मासु र पाठापाठी पु¥याउन नसकेको नेपालीको भनाई छ । नियमित आम्दानी नहुने भएपनि मासिक सरदर २५ देखी ४० हजारसम्म बचत गर्दै आएको उनको भनाई छ । उनले १ वर्षमै १८ वटा बङ्गुरको पाठापाठी र ३ क्विन्टल भन्दा बढि मासु बिक्री गरिसकेका छन् । हाल उनको फर्ममा १८ वटा बङ्गुर छन । दिनको ५ घण्टा बङ्गुरको स्याहारमा बिताउँछन उनले ।

उनले यति मात्र होइन, बंगुरको मल सदुपयोग गर्दै २ वटा टनेल घर बनाएर टमाटर खेती समेत गर्दै आएका छन। २ वटा माछा पोखरी समेत बनाएका छन । मङ्गुर जातको माछा पनि पालेका उनी यि सबै काम यूट्युबमा राखेका भिडियो हेरेर आफै काम सिक्दै आएका हुन् ।

उनी भन्छन, ‘जहा इच्छा त्यहाँ उपाय, मान्छेले दुख नगरी सुखको अनुभुति गर्नै सक्दैन ।’ उनी थप्छन, ‘मेहनत गरेपछि विदेशमा मात्रै हैन नेपालमा पनि केहि गर्न सकिन्छ भन्ने थाहा भयो । केहि छैन भनेर निरास हुनुभन्दा आफु पनि व्यस्त हुने र आफ्नो परिवारलाई पनि व्यस्त बनाउन जान्नु नै सफलता प्राप्ती हो ।’ बङ् गुरले वर्षमै ३ पटक पाठापाठी दिने भएकोले यसको व्यवसाय राम्रो रहेको उनले बताए ।

ड्यूरोक जातको बङ्गुरले पहिलो पटकमा ८ देखि ९ वटा पाठापाटी दिने र दोस्रो पटकबाट ९ देखि १२ वटासम्म पाठापाठी दिने नेपालीले बताए ।उनको परिवारमा उनी, उनकी श्रीमती, एक छोरा र एक छोरी गरी ४ जनाको सदस्य छन । अहिले घर गुजारा र परिवारको आर्थिक स्रोत यहि फर्मबाट चल्दै आएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बढ्न थाल्यो गर्मी, तातो हावा चल्नसक्ने मौसमविद्को चेतावनी

देशभर गर्मी बढ्न थालेको छ । आगामी दिनमा अधिकतम तापक्रम अझै बढ्ने सम्भावना छ ।...

१२ कक्षाको परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ ।...

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा...

मल्लरानी ३ मा व्यूटिपार्लर तालिम समापन

मल्लरानी गाउपालिका वडा नं. ३ मा २ महिने व्यूटीपार्लर तालिम सम्पन्न भएको छ । गरिवी...

बिजुवारमा कुकुर बन्ध्याकरण शिविर सञ्चालन

प्यूठान नगरपालिकाले कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरेको छ । बजार क्षेत्रमा कुकुरको सँख्या बढ्दै गएकाले...