News Portal

रेडियो सुन्नुहोस्

बङ्गुर पालनबाट आत्मनिर्भर

सुजाता थापा क्षेत्री२०७८ पुष २८, प्यूठान
९७३ पटक
२०७८ पुष २८, प्यूठान

रोजगारका लागि यमकर्ण बहादुर नेपालीले स्वदेश देखि विदेशसम्म धेरै ठाउँमा धाएका छन् । छिमेकी मुलुक भारत यिनका लागि पानी पँधेरो जस्तै भयो । कामका लागि जान्थे केहिँ कमाएर घर आउँथे । सिप बिनाको कमाइले घर गुजाराका लागि कठिन हुन्थ्यो यिनलाई ।

अहिले ४१ वर्षका पुगेका नेपाली घरको आय व्यवस्था सुधार्नका लागि खाडी मुलुक पनि गए । खाडी मुलुकममा १२ वर्ष बिताएका यिनलाई जहाँ गयो सोचेजस्तै कमाइ हुन सकेन । कोभिड–१९, का कारण घर आउन नसक्दा खाडी मुलुकमै ४ महिनासम्म लकडाउनमा फसेको बताउँछन् यिनले । ‘जसोतसो स्वदेश फर्केपछि अब बिदेश नजाने सुर गरे’, ‘१७ वर्ष घर बाहिरै बितेछ, मैले सोंचे अब गाउँम इलम गर्छु ।’ उनका अनुसार नेपालीले प्यूठान नगरपालिका ३ सापडाँडामा न्यु रोशन कृषि तथा पशुपंक्षी बङ्गुर फर्म स्थापना गरेका छन् ।

फर्म सञ्चालनको लागि ८ लाख रुपैयाँ लगानी लागेको उनी बताउँछन् । फर्ममा दर्भानबाट विदेशी ड्यूरोक जातको ६ वटा बंगुर खरिद गरि पालेका छन् । ‘फर्म सञ्चालनमा ल्याएको १ वर्ष भइसक्यो’, उनले भने, ‘बजारमा बङ्गुरको मासु र यसका पाठापाठीको माग बढ्दो छ ।’ माग अनुसार आफूले मासु र पाठापाठी पु¥याउन नसकेको नेपालीको भनाई छ । नियमित आम्दानी नहुने भएपनि मासिक सरदर २५ देखी ४० हजारसम्म बचत गर्दै आएको उनको भनाई छ । उनले १ वर्षमै १८ वटा बङ्गुरको पाठापाठी र ३ क्विन्टल भन्दा बढि मासु बिक्री गरिसकेका छन् । हाल उनको फर्ममा १८ वटा बङ्गुर छन । दिनको ५ घण्टा बङ्गुरको स्याहारमा बिताउँछन उनले ।

उनले यति मात्र होइन, बंगुरको मल सदुपयोग गर्दै २ वटा टनेल घर बनाएर टमाटर खेती समेत गर्दै आएका छन। २ वटा माछा पोखरी समेत बनाएका छन । मङ्गुर जातको माछा पनि पालेका उनी यि सबै काम यूट्युबमा राखेका भिडियो हेरेर आफै काम सिक्दै आएका हुन् ।

उनी भन्छन, ‘जहा इच्छा त्यहाँ उपाय, मान्छेले दुख नगरी सुखको अनुभुति गर्नै सक्दैन ।’ उनी थप्छन, ‘मेहनत गरेपछि विदेशमा मात्रै हैन नेपालमा पनि केहि गर्न सकिन्छ भन्ने थाहा भयो । केहि छैन भनेर निरास हुनुभन्दा आफु पनि व्यस्त हुने र आफ्नो परिवारलाई पनि व्यस्त बनाउन जान्नु नै सफलता प्राप्ती हो ।’ बङ् गुरले वर्षमै ३ पटक पाठापाठी दिने भएकोले यसको व्यवसाय राम्रो रहेको उनले बताए ।

ड्यूरोक जातको बङ्गुरले पहिलो पटकमा ८ देखि ९ वटा पाठापाटी दिने र दोस्रो पटकबाट ९ देखि १२ वटासम्म पाठापाठी दिने नेपालीले बताए ।उनको परिवारमा उनी, उनकी श्रीमती, एक छोरा र एक छोरी गरी ४ जनाको सदस्य छन । अहिले घर गुजारा र परिवारको आर्थिक स्रोत यहि फर्मबाट चल्दै आएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...