News Portal

रेडियो सुन्नुहोस्

दुर्गम स्थानका बालबालिकालाई जर्सी वितरण

झुलेनी नेटवर्क२०७८ चैत ८ , प्यूठान
८६३ पटक
२०७८ चैत ८ , प्यूठान

प्यूठान नगरपालिका वडा नं. ५ जुर्मीकाडाले चाम्जा बालविकास केन्द्रका ३६ जना बालबालिकालाई एक सेट बिद्यालय पोसाक वितरण गरेको छ । दुर्गम स्थानका बालवालिकाहरुको अवस्थालाई मध्यनजर गर्दै चाम्जा वालविकास केन्द्रमा अध्यनरत बालवालिकाहरुलाई विद्यालय सम्म ल्याउन , उत्साहित गर्न र पढाई प्रति थप आर्षित बनाउनका लागि एक सेट बिद्यालय पोसाक अर्थात जर्सी वितरण गरेको प्यूठान नगरपालिका वडा नं.५को कार्यलयले जनाएको छ । आईतबार प्यूठान नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष लक्षुमण भण्डारीले चाम्जा बालविकास केन्द्रमै पुगेर पोसाक वितरण गर्नुभएको हो ।
प्यूठान नगरपालिकाले नगर भित्रका अन्य स्थानको तुलनामा चाम्जा क्षेत्रलाई अति दुर्गम स्थानको सुचीमा राखेको छ । त्यस्तै वडाले आगामी आर्थिक वर्षमा आफ्नो वडा भित्रका अन्य स्थानमा पनि बालवालिकालाई जर्सी वितरण गर्ने वडा अध्यक्ष लक्षुमण भण्डारीले बताउनुभयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...