News Portal

रेडियो सुन्नुहोस्

डिभिजन वन कार्यालय प्यूठानको नव निर्मीत भवनको उद्धघाटन

झुलेनी नेटवर्क२०७८ चैत ९, प्यूठान
१३९९ पटक
२०७८ चैत ९, प्यूठान

मल्लरानी गाउँपालिका ४ खलंगामा निर्माण गरिएको डिभिजन वन कार्यालय प्यूठानको नब निर्मित भवनको उद्धघाटन गरिएको छ । लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले भवनको आज उद्धघाटन गरेका हुन् । भवनको उद्धघाटन गर्दै मन्त्री हमालले भवन निर्माण भएसङ्गै काम गर्ने कर्मचारी र सेवा लिने सेवाग्राहीलाई पनि सेवा लिन, दिन थप सहजता मिल्ने बताएका छन् ।

कार्यालयबाट दिईने हरेक सेवा सुविधा सहज तरिकाले प्रदान गर्न मातमहतका कर्मचारीलाइ हमालले निर्देशन समेत दिए ।

वनजन्य जडीबुटीहरुको उत्पादनलाई प्राथामिकता दिएर वनलाई सम्ब्रद्धन र संरक्षण गर्नुपर्ने कुरामा कार्यालयको ध्यान पुग्नुपर्ने उनकाे भनाइ थियो । जथाभावी हुने वन फडानी,वनमा आगो लाग्न नदिन, वन संरक्षण गर्नु कार्यालयको मात्र जिम्मेवारी नभई यसमा स्थानीय बासीहरुको पनि उलेख्य भुमिका रहने बताए । उद्घाटन कार्यक्रमको अवसर पारेर कार्यालय परिसरमा वृक्षारोपण समेत गरिएको छ ।

प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल,गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरी, नौवहीनी गाउँपालिका अध्यक्ष शिव रिजाल, जिल्लाका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधी, स्थानीय अगुवा सहित स्थानीयवासीको सहभागितामा भवन उद्घाटन कार्यक्रम गरिएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...