News Portal

रेडियो सुन्नुहोस्

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको गोष्ठी सम्पन्न

धान जोन कार्यक्रम छैटौं वर्षमा प्रवेश, तरकारी जोन चालू आ. व. बाट सुरु

तेजेन्द्र बि. एम.२०७८ चैत १७
१३१४ पटक
२०७८ चैत १७

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन  इकाई अन्तर्गत पकेट, ब्लक र जोन विकास कार्यक्रमको प्रगति समिक्षा गोष्ठी कार्यक्रम भएको छ । बुधबार परियोजना इकाई, प्युठानको आयोजनामा भएको कार्यक्रममा जिल्लाका ९ वटै स्थानीय तहका कृषि शाखा प्रमुख र पशु शाखा प्रमुखहरुको उपस्तिथि रहेकोे थियो । स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट तयार भएको कृषि विकास रणनीति अन्तर्गत कृषिलाई नाफामूलक व्यवसायका रुपमा स्थापित गर्न परियोजना इकाईले यो गोष्ठी गरेको हो ।
परियोजना इकाई प्युठानका प्रमुख चुमान सिंह गिरिले प्रगति प्रतिवेदन पेस गर्दै संघीय, प्रदेश र स्थानीय तह मार्फत संचालन गरिएका कार्यक्रमहरुमा यो वर्ष ८ करोड ५० लाख २५ हजारको काम गर्ने बताएका छन् । संघीय सरकार कार्यक्रम अन्तर्गत संचालन हुने जोन विकास कार्यक्रमका लागि ३ करोड २८ लाख, प्रदेश सरकार मातहत एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय मार्फत संचालन हुने ब्लक विकास कार्यक्रम अन्तर्गत १ करोड ७८ लाख ७४ हजार र स्थानीय तह मार्फत संचालन हुने पकेट विकास कार्यक्रमका लागि ३ करोड ४३ लाख बजेट भएको प्रमुख गिरिले बताएका छन् ।
जोन विकास कार्यक्रम अन्तर्गत परियोजनाले यस वर्ष कृषि यान्त्रिकरण, साना सिंचाइ, भकारो सुधार, चैते धान लगायतका कार्यक्रमहरु संचालन गरि ६० प्रतिशत भन्दा बढी कार्यक्रमहरु सम्पन्न गरेको उनले बताए । साथै कार्यालयको निरन्तर प्रयासमा यस वर्ष ७ सय पचास रोपनी बराबरको जग्गामा चैते धानको क्षेत्र विस्तार गरिएको समेत जानकारी दिएका छन् । हाल जिल्लामा धान र तरकारी जोन विकास कार्यक्रम गरि २ वटा कार्यक्रमहरु संचालनमा छन् । जसमध्ये धान जोन कार्यक्रम छैटौं वर्षमा प्रवेश गरेको छ भने तरकारी जोन चालु आ. व. बाट सुरु गरिएको छ ।
यस्तै एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख भास्कर पौडेलले प्रदेश सरकार मातहतमा संचालन हुने सबै ब्लक विकास कार्यक्रमको प्रगति प्रतिवेदन पेस गर्दै भौतिक प्रगति भएको तर आर्थिक प्रगति नभएको बताएका छन् । बजेट खर्च नभएको र प्रक्रियागत हिसाबले कार्यक्रमहरु संचालन भैरहेको पौडेलले जानकारी दिएका छन् ।
जिल्लामा हाल ८ वटा पुराना र २ नयाँ गरि १० ओटा ब्लक विकासका कार्यक्रमहरु संचालनमा छन् ।
धेरै स्थानीय तहले पकेट विकास कार्यक्रमहरु संचालन गरेपनी केहि स्थानीय तहले कार्यान्वयनमा लैजान ढिलाई गरेको गिरिले बताएका छन् । गत आ. व. मा धेरै स्थानीय तहहरुमा कार्यक्रम संचालन नभई बजेट फ्रीज गएको अवस्थालाई मध्यनजर गरि यो वर्ष समयमै परियोजनाको लक्ष्य अनुरुप कार्यक्रम संचालन एवं सम्पन्न गर्नको लागी यो गोष्ठी महत्त्वपूर्ण भएको आफुले विश्वास लिएको समेत बताएका छन् ।
परियोजना मार्फत यसवर्ष स्थानीय तह अनुसार पकेट कार्यक्रमको लागि सरुमारानी, माण्डवी, मल्लरानी र ऐरावती गाउँपालिकामा ४६ / ४६ हजार, नौबहिनी र गौमुखी गाउँपालिका, प्युठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकामा ३१/३१ हजार र झिमरुक गाउँपालिकामा ३५ हजार बजेट बिनियोजन भएको थियो ।
गोष्ठीमा प्रमुख अतिथि रहेका जिल्ला समन्वय समितिका प्रमुख एवं  परियोजना कार्यान्वयन अनुगमन मुल्याङ्कन समितिका प्रमुख केशवराज आचार्यले गुणस्तरीय कृषि उत्पादन सामग्रीहरुको उपलब्धता सुनिश्चित गर्न नसक्नु, कृषि उपज उत्पादनमा यान्त्रिकरण अवलम्वन हुन नसक्नु र कृषि विकासका लागि आवश्यक सिंचाई, कृषि सडक, ग्रामिण विद्युतिकरण, कृषि उद्योगहरुसंगको समन्वयको अभाव रहदै आएको तथा बजारमुखी उत्पादन हुन नसकेकाले कृषिलाई व्यवसायका रुपमा नभई परम्पराका रुपमा मात्र अवलम्बन गरिदै आएको बताएका छन् । परम्परागत कृषि प्रणाली अपनाइरहेको कृषकहरुलाई यी कार्यक्रमहरु अझै बिस्तार गर्न समेत जोड दिनुपर्ने आचार्यले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख एवं परियोजना कार्यान्वयन अनुगमन मुल्याङ्कन समितिका प्रमुख केशवराज आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख भास्कर पौडेल, तरकारी जोन सञ्चालक समन्वय समितिका संयोजक लोकराज पोख्रेल लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना इकाईका प्रमुख चुमानसिंह गिरिको अध्यक्षतामा भएको कार्यक्रमको संचालन भने परियोजना प्युठानका नायब प्राविधिक सहायक बिपिन खड्काले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...