News Portal

रेडियो सुन्नुहोस्

रोजगारीको लालसा : म्यादीमा करिब ३२ सयको आवेदन

झुलेनी नेटवर्क२०७८ चैत २२ प्यूठान
१४३३ पटक
२०७८ चैत २२ प्यूठान

प्यूठान नगरपालिका–६ का २० वर्षीय भुवन गयलमगर स्थानीय तह निर्वाचनको लागि सरकारले भर्ना गर्न लागेको म्यादी प्रहरीमा भर्ना हुनका लागि आवेदन दिएका छन् । परीवारको आर्थिक अवस्था कमजोर भएकाले दुई महिनाको लागि मात्रै भए पनि रोजगारी मिले, परिवार चलाउन सहज होला भनेर म्यादी प्रहरीमा भर्ना हुन खोजेको उनी बताउँछन् । ११ कक्षा पढ्दा पढ्दै पढाइ छाडेका उनी रोजगारीको लागि पाँच पटक भारतमा पुगेर फर्के । यस पटक यतै रोजगारीको लागि कोसिस गरिहेको छन् । नेपाल प्रहरीमा भर्ना हुन भनेर उनी दुई पटक भर्ना छनौटको लागि पुगेका थिए । तर, उनको भर्ना हुने चाहाना अझै पूरा भएको छैन् । ‘धेरै पढे–लेखेको भए पो अरु राम्रो ठाउँमा कामको लागि आवेदन दिन हुन्थ्यो । म्यादीमा भए पनि भर्ना हुन प¥यो भनेर आएको हो,’ उनले झुलेनी पोष्टसँग भने,‘म्यादीमा पनि भर्ना भइन्छ भइदैन निश्चित छैन ।’ नेपालमै काम गर्ने सोच बनाए पनि अहिलेसम्म कतै केही अवसर नपाएको उनले दुखेसो पोखे ।

प्यूठान नगरपालिका ९ का सन्दिप भण्डारी २१ वर्षका भए । उनी पनि म्यादीमा भर्नाको चाहाना राखेर जिल्ला प्रहरी कार्यालले सञ्चालन गरेको म्यादी प्रहरी छनौट प्रकृयाको लागि धाइरहेका छन् । ‘नेपालमै रोजगारी पाइन्छकी भनेर धेरै ठाउँमा कोसिस गरियो,’उनले भने,‘नेपालमा आफ्ना मान्छे माथिल्लो पदमा नभएपछि रोजगारी पाउन मुस्किल पर्दोरहेछ ।’ उनले म्यादी प्रहरीमा पनि सोर्स चल्ने सुनेको बताए । यस्तै प्यूठान नगरपालिका ४ का ४९ वर्षीय लिलाराम पोख्रेल पनि १८ वर्षका युवाहरुसंग म्यादी प्रहरीको लागि प्यूठान नगरपालिका स्थित खेलमैदानमा लाइन बसेर परीक्षा दिए । रोजगारीको लागि बर्षौदेखि भारतमा बस्दै आएका पोख्रेल नेपालको कमाई २÷४ हजार भएपनि देख्ने रहर जागेको बताए । यी माथिका गयल, भण्डारी र पोख्रेल त प्रतिनिधि पात्र मात्र हुन ।

प्यूठानमा म्यादी प्रहरीमा भर्ना हुनको लागि हजारौ बेरोजगार युवाले आवेदन दिएका छन् । गणतान्त्रिक खेल मैदान बिजुवारमा लिएको म्यादी प्रहरीको लिखित परीक्षा दिनेको भिडले खेलमैदान भरिभराउ थियो ।

म्यादी प्रहरी मंगलबार देखि प्युठानको सदरमुकाम खलंगामा छनौट कार्य शुरु गरेको हो । प्युठानका लागि करिब १ हजार २ सय जना माग गरिएकोमा ३ हजार १ सय ७४ जनाले म्यादी प्रहरी भर्नामा आवेदन दिएका थिए । आवेदन दिएका ३ सय ८१ जना प्रारम्भिक स्वास्थ्य परिक्षण तथा तन्दुरुस्ती परीक्षामा सहभागी नभएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । आवेदन दिएका मध्य २ हजार ७ सय ७६ जनाले लिखित परीक्षा दिएका छन् । यो माग संख्याको दोब्बर भन्दा बढि हो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...