News Portal

रेडियो सुन्नुहोस्

रोजगारीको लालसा : म्यादीमा करिब ३२ सयको आवेदन

झुलेनी नेटवर्क२०७८ चैत २२ प्यूठान
९३० पटक
२०७८ चैत २२ प्यूठान

प्यूठान नगरपालिका–६ का २० वर्षीय भुवन गयलमगर स्थानीय तह निर्वाचनको लागि सरकारले भर्ना गर्न लागेको म्यादी प्रहरीमा भर्ना हुनका लागि आवेदन दिएका छन् । परीवारको आर्थिक अवस्था कमजोर भएकाले दुई महिनाको लागि मात्रै भए पनि रोजगारी मिले, परिवार चलाउन सहज होला भनेर म्यादी प्रहरीमा भर्ना हुन खोजेको उनी बताउँछन् । ११ कक्षा पढ्दा पढ्दै पढाइ छाडेका उनी रोजगारीको लागि पाँच पटक भारतमा पुगेर फर्के । यस पटक यतै रोजगारीको लागि कोसिस गरिहेको छन् । नेपाल प्रहरीमा भर्ना हुन भनेर उनी दुई पटक भर्ना छनौटको लागि पुगेका थिए । तर, उनको भर्ना हुने चाहाना अझै पूरा भएको छैन् । ‘धेरै पढे–लेखेको भए पो अरु राम्रो ठाउँमा कामको लागि आवेदन दिन हुन्थ्यो । म्यादीमा भए पनि भर्ना हुन प¥यो भनेर आएको हो,’ उनले झुलेनी पोष्टसँग भने,‘म्यादीमा पनि भर्ना भइन्छ भइदैन निश्चित छैन ।’ नेपालमै काम गर्ने सोच बनाए पनि अहिलेसम्म कतै केही अवसर नपाएको उनले दुखेसो पोखे ।

प्यूठान नगरपालिका ९ का सन्दिप भण्डारी २१ वर्षका भए । उनी पनि म्यादीमा भर्नाको चाहाना राखेर जिल्ला प्रहरी कार्यालले सञ्चालन गरेको म्यादी प्रहरी छनौट प्रकृयाको लागि धाइरहेका छन् । ‘नेपालमै रोजगारी पाइन्छकी भनेर धेरै ठाउँमा कोसिस गरियो,’उनले भने,‘नेपालमा आफ्ना मान्छे माथिल्लो पदमा नभएपछि रोजगारी पाउन मुस्किल पर्दोरहेछ ।’ उनले म्यादी प्रहरीमा पनि सोर्स चल्ने सुनेको बताए । यस्तै प्यूठान नगरपालिका ४ का ४९ वर्षीय लिलाराम पोख्रेल पनि १८ वर्षका युवाहरुसंग म्यादी प्रहरीको लागि प्यूठान नगरपालिका स्थित खेलमैदानमा लाइन बसेर परीक्षा दिए । रोजगारीको लागि बर्षौदेखि भारतमा बस्दै आएका पोख्रेल नेपालको कमाई २÷४ हजार भएपनि देख्ने रहर जागेको बताए । यी माथिका गयल, भण्डारी र पोख्रेल त प्रतिनिधि पात्र मात्र हुन ।

प्यूठानमा म्यादी प्रहरीमा भर्ना हुनको लागि हजारौ बेरोजगार युवाले आवेदन दिएका छन् । गणतान्त्रिक खेल मैदान बिजुवारमा लिएको म्यादी प्रहरीको लिखित परीक्षा दिनेको भिडले खेलमैदान भरिभराउ थियो ।

म्यादी प्रहरी मंगलबार देखि प्युठानको सदरमुकाम खलंगामा छनौट कार्य शुरु गरेको हो । प्युठानका लागि करिब १ हजार २ सय जना माग गरिएकोमा ३ हजार १ सय ७४ जनाले म्यादी प्रहरी भर्नामा आवेदन दिएका थिए । आवेदन दिएका ३ सय ८१ जना प्रारम्भिक स्वास्थ्य परिक्षण तथा तन्दुरुस्ती परीक्षामा सहभागी नभएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । आवेदन दिएका मध्य २ हजार ७ सय ७६ जनाले लिखित परीक्षा दिएका छन् । यो माग संख्याको दोब्बर भन्दा बढि हो ।

 

प्रतिकृया दिनुहोस्

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...