झुलेनी पोष्ट२०७९ वैशाख १६, शुक्रबार
२०७९ वैशाख १६, शुक्रबार काठमाण्डौ ( नेपाली कांग्रेसले पार्टीका बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिए स्वतः निस्कासित हुने चेतावनी दिएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले निकाल्नुभएको विज्ञप्तिमा उम्मेदवारी फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थकसमेत पार्टीबाट स्वतः निस्कासित हुने उल्लेख छ ।
पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिएको भए आज १० बजेदेखि ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन कांग्रेसले आग्रह गरेको छ ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।
– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)
– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)
– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)