News Portal

रेडियो सुन्नुहोस्

धन कमाउन जनप्रतिनिधि खाडीमा

सिखबर संवाददाताश्रावण २५, प्यूठा
१०६५ पटक
श्रावण २५, प्यूठा

स्वर्गद्वारी नगरपालिका-१ कोचिवाङ प्यूठानका वडा सदस्य नारायण पुनमगर धन कमाउन विदेश पलायन भएका छन् ।
अाफ्नाे दैनिकी र घरव्यवहार चलाउन समस्या भएपछि निर्वाचित वडा सदस्य पुन मगर कुवेत गएका हुन् । उनी रोजगारीका लागि यसअघि समेत विदेश जाने गरेका थिए ।

उनी कुवेत पुगेका दुई महिना पुगिसकेको जानकारी अाएकाे छ । तर, उक्त वडाका वडा अध्यक्ष मेघराज जिसीले विदेश पुगेपछि मात्र
अाफूलार्इ थाहा पाएको प्रतिक्रिया दिए । ‘कुवेत पुगेपछि मात्र थाहाँ पाएँ’, भनेर उहाँ भन्नुहुन्छ ‘जान्छु पनि नभनी जानुभएछ भनेर गुनासाे गर्नुहुन्छ वडा अध्यक्ष जिसि ।’

विदेश पुगेपछि पुनमगरले फोनमा आफूसँग चुनावमा उठेर गल्ती गरेको प्रतिक्रिया दिएको समेत सुनाए। वडा अध्यक्षमार्फत पुनमगरले जनतालाई धोका दिएकोप्रति क्षमा मागेका छन् ।

उनका घरमा बुवा÷आमासहित श्रीमती र एक छोरा छन्। घरव्यवहार धान्ने एक्लो जिम्मा पुनमगरकै काँधमा रहेको वडा अध्यक्ष जिसीले बताए । स्थानीय तह निर्वाचनमा पुनमगर राष्ट्रिय जनमोर्चाबाट ६ सय २७ मत ल्याएर वडा सदस्यमा विजयी भएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...