News Portal

रेडियो सुन्नुहोस्

धन कमाउन जनप्रतिनिधि खाडीमा

सिखबर संवाददाताश्रावण २५, प्यूठा
१३१४ पटक
श्रावण २५, प्यूठा

स्वर्गद्वारी नगरपालिका-१ कोचिवाङ प्यूठानका वडा सदस्य नारायण पुनमगर धन कमाउन विदेश पलायन भएका छन् ।
अाफ्नाे दैनिकी र घरव्यवहार चलाउन समस्या भएपछि निर्वाचित वडा सदस्य पुन मगर कुवेत गएका हुन् । उनी रोजगारीका लागि यसअघि समेत विदेश जाने गरेका थिए ।

उनी कुवेत पुगेका दुई महिना पुगिसकेको जानकारी अाएकाे छ । तर, उक्त वडाका वडा अध्यक्ष मेघराज जिसीले विदेश पुगेपछि मात्र
अाफूलार्इ थाहा पाएको प्रतिक्रिया दिए । ‘कुवेत पुगेपछि मात्र थाहाँ पाएँ’, भनेर उहाँ भन्नुहुन्छ ‘जान्छु पनि नभनी जानुभएछ भनेर गुनासाे गर्नुहुन्छ वडा अध्यक्ष जिसि ।’

विदेश पुगेपछि पुनमगरले फोनमा आफूसँग चुनावमा उठेर गल्ती गरेको प्रतिक्रिया दिएको समेत सुनाए। वडा अध्यक्षमार्फत पुनमगरले जनतालाई धोका दिएकोप्रति क्षमा मागेका छन् ।

उनका घरमा बुवा÷आमासहित श्रीमती र एक छोरा छन्। घरव्यवहार धान्ने एक्लो जिम्मा पुनमगरकै काँधमा रहेको वडा अध्यक्ष जिसीले बताए । स्थानीय तह निर्वाचनमा पुनमगर राष्ट्रिय जनमोर्चाबाट ६ सय २७ मत ल्याएर वडा सदस्यमा विजयी भएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...