News Portal

रेडियो सुन्नुहोस्

प्रश्न सोध्ने पत्रकार उत्तर दिने ठाउँमा

मधुसुधन पोख्रेलजेठ 4
२२७५ पटक
जेठ 4

स्थानीय तहको निर्वाचनमा प्यूठानका ४ पत्रकारहरु निर्वाचित भएका छन । लामो सयम सम्म पत्रकारीता बाट समाज रुपान्त्रण गर्नमा सहजता प्रदान गर्ने पत्रकारहरु स्थानिय तहको नेतृत्व समाल्ने स्थानमा पुगेका हुन ।
जनताका विभिन्न समस्याहरु सरोकारवालाहरुलाई सजग बनाउनमा पत्रकारहरुको भुमिका निकै थियो । आज प्रस्न गर्ने पत्रकारहरुको नेतृत्वले जनताका समस्याहरुलाई कति सम्वोधन गर्छ भन्ने विषयमा मान्छेहरुमा चर्चा समेत चलिरहेको छ ।
लामो समय पत्रकारीता बाट राजनितिमा लागेका देवेन्द्र बर्मा प्यूठान नगरपालिकाको उप– प्रमुखमा निर्वाचित भएका छन । त्यस्तै नेपाल पत्रकार महासंघका प्यूठानका निर्वतमान अध्यक्ष महाविर राना पनि गौमुखी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएका छन । लोमो समय खरो पत्रकारीता गरेका नेपाल पत्रकार महासंघकाका सदस्य प्रमोद पोख्रेल पनि झिमरुक गाउकापालिकाको उपाध्यक्षमा निवाचित भएका छन । त्यस्तै जनताका प्रस्नहरुलाई बारम्बार सरोकारवालासंग छलफल गरी तिखा प्रस्न तेर्साउने नेपाल पत्रकार महासंघको पुर्व सह सचिव नोमराज पौडेल पनि मल्लरानी गाउँपालिकाको वडा अध्यक्षमा निर्वाचित भएका छन ।
यहाँ यो भएन त्यहाँ यो भएन भनेर बारम्बार कुरा उठाउँने पत्रकारहरु विकास निर्माण तथा योजनाको सकृय ठाउँमा पुग्दा यिनीहरु ले केहि गर्छनकी भन्ने कुरा चोक चोकमा चर्चा समेत हुन थालेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...