News Portal

रेडियो सुन्नुहोस्

नवनिर्वाचित वडा अध्यक्ष श्रेष्ठ, रावतको झुपडीमा 

हेमन्त पाठक ,२०७९ जेठ ७
१२४१ पटक
२०७९ जेठ ७

प्युठान । स्थानीय तहको चुनावा पश्चात निर्वाचित भएका प्युठान नगरपालिका ३ बिजयनगरका नबनिर्वाचित वडा अध्यक्ष सुमनराज श्रेष्ठले पदभार गरेलगत्तै प्युठान नगरपालिका ४   निवासी  रबिन्द्र रावतको झुपडीमा पुगि केही खाधान्न सहयोग गरेका छन । श्रेष्ठले रावतको परिवारलाई घरमै पुगि दाल, चामल,नुन,तेल लगाएत अन्य राहत सामग्री सहयोग गरेका हुन ।
रावत प्यूठान नगरपालिका ४ विजुवार स्थीत खेलकुद मैदन नजिक सानो झुपडिमा लामो समय देखि बस्दै आएका छन । सुकुमबासी रावतको परिवारमा रावत संगै २ छोराछोरी साथमा छन । रावत पनि विरामी छन ,रावतकी श्रीमती कोरोनाको कारण मृत्यू भए पछी घरमा काम गरी खान नसक्ने अवस्था छ । लामो समय देखि उनीहरु खेल मैदान नजिक बसे पनि उनको नागरीकता प्यूठान नगरपालिका ३ मा बनेको  श्रेष्ठले बताए  । रावतकाे परिवारकाे स्थिति दयनिय छ ।
आर्थिक अवस्था कमजोर भएका रावतको परिवारलई तत्कालका लागि भए पनि केहि राहत स्वरुप सहयोग गरेको श्रेष्ठले बताए । वडामा आफु निर्वाचित भए पछी सधै वडा बासीहरुको साथमा रहने श्रेष्ठको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...