News Portal

रेडियो सुन्नुहोस्

नेपाल रेड्क्रस सोसाइटी प्युठान जिल्ला शाखाको ३६ औ वार्षिक साधारण सभा जुम्रिमा

गित गाैतमजेठ २२
१४०७ पटक
जेठ २२

प्युठानः   नेपाल रेड्क्रस सोसाइटी प्युठान जिल्ला शाखाको ३६ औ बार्सिक साधारण सभा सम्पन्न भएको छ । नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा प्युठानको आयोजना एबम नेपाल रेडक्रस सोसाइटी बिजुवार उपशाखा र प्युठान नगरपालिका ४ बिजुवारको प्यूठानको आथित्यतामा होटल व्यावसायी संघ तथा सुचना केन्द्र प्युठानको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी प्युठान जिल्ला शाखाको बार्सिक प्रतिबेदन प्रस्तुत शाखाका मन्त्री दामोदर शर्माले गर्नुभएको थियो । त्यस्तै आर्थिक प्रतिबेदन प्रस्तुत शाखाका कोषाध्यक्ष घनश्याम भुसालले गर्नुभएको थियो । पालिकाको मातहतमा रहने गरि प्रतेक पालिकामा एक एक वटा उपशाखा बिस्तार गरिनुपर्ने कुरामा सबैले जोड दिनुपर्ने कार्यक्रमका सहभागीहरुले बताएका थिए ।
साथै उनीहरुले रगत दान जीवन दान भन्ने कुरालाइ आत्मसात गर्दै रगत दिनेकुरामा आफू मात्र नभएर अरुलाइ पनि प्रोत्साहन गर्नुपर्ने जोड दिए । कार्यक्रममा ५ जनालाई प्रमाण पत्र र दोसल्लहा ओढाएर सम्मान गरिएको छ । सम्मानित हुनेमा तुलसी स्मृती पुरुस्कार मार्फत सामाजिक व्यक्तित्व डां. लेखराज सुवेदी,नेरेसो बादिकोट उपशाखाबाट क्रियासिल स्वास्थ्यकर्मी खिम प्रसाद पार्धे,रेडक्रस अभियान प्रचार प्रसारमा क्रियाशिल संचारकर्मी अनुज पछाई,उत्कृष्ट कर्मचारी नेरेस प्यूठान शाखाका प्रशासन तथा लेखा सहायक देवीराम शर्मा र उत्कृष्ट स्वंम सेवक खडक बहादुर केसी रहेका छन । कार्यक्रममा प्रमुख आथित्यता प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठानका अध्यक्ष गुमान राज पुलामिको अध्यक्षता रहेको थियो । त्यस्तै कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी प्युठान जिल्लाका विभिन्न शाखा र उपशाखाका सभापति , कर्मचारी ,स्वमसेबक जिल्लाका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि , सन्चारकर्मी लगाएतको उपस्थिति रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...