News Portal

रेडियो सुन्नुहोस्

प्यूठान जिल्लाकै उत्कृष्ट विद्यालयका रुपमा सरस्वती माध्यमिक विद्यालय बाङ्गेशाल सम्मानित

झुलेनी नेटवर्क२०७९ असार २८, प्यूठान
१५५२ पटक
२०७९ असार २८, प्यूठान

प्यूठान जिल्लाको उत्कृष्ट विद्यालयका रुपमा सरस्वती माध्यमिक विद्यालय बाङ्गेशाल सम्मानित भएको छ । उत्कृष्ट शिक्षक कर्मचारी तथा शैक्षिक संस्था प्रोत्साहन कार्यक्रम अन्नतर्गत सरस्वती माध्यमिक विद्यालय बाङ्गेशाल जिल्लाको उत्कृष्ट विद्यालयको रुपमा शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालय अन्तरगत सामाजिक विकास डिभिजन कार्यालय प्यूठानबाट रु २ लाख रकम पुरस्कार  सहित सम्मानित  भएकाे हाे  । साथै प्रत्येक शिक्षक, कर्मचारी र बालविकास शिक्षकलाई १५ हजारका दरले  पुरस्कार  प्रदान  गरि सम्मान गरिएकाे सामाजिक डिभिजन कार्यालय प्यूठानका प्रमुख विष्णु प्रसाद भुसाल जानकारी दिए ।

उत्कृष्ट शिक्षक कर्मचारी तथा शैक्षिक संस्था प्रोत्साहन कार्यक्रम अन्नतर्गत २४ जना उत्कृष्ट शिक्षक तथा कर्मचारी र बालविकास केन्द्रका उत्कृष्ट सहजकर्ताहरुलाई सम्मान गरेको हो । स्वर्गद्धारी धर्मशाला स्वर्गद्धारी नगरपालिका वडा नं.३ भिङ्ग्री जलुकेमा शिक्षक तथा कर्मचारीहरुलाई मंगलबार सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा सरुमारानी गाउँपालिका अन्तर्गत सरस्वती मा.वि. बाङ्गेशालबाट शिक्षक ऋषिराम आचार्य, सरस्वती मा.वि. चावाबाट यमराज खनाल र श्रमरानी मा.वि. वूढीचौरबाट कुमारी खिमा घर्ती  रहेका  छन ।

त्यसैगरी प्यूठान नगरपालिका तर्फ भुवनेश्वरी मा.वि. खैराका शिक्षक शोभाराम भट्टराई, त्रिवेणी प्रा.वि.का फना भण्डारी, पद्मा प्रा.वि.का सहजकर्ता सीता खड्का, स्वर्गद्वारी नगरपालिका अन्तर्गत उमा महेश्वरी मा.वि. सारीका रत्नवहादुर रावत, जनता मा.वि. बर्जिवाङ्ग टोपबहादुर थापा, पृथ्वी प्रा.वि. धनवाङकी शिक्षिका दिलमाया बुढा, नौबहिनी गाउँपालिका अन्तर्गत लुप्लुङ मा.वि. लुप्लुङ्गका शिक्षक बसन्त प्रसाद भण्डारी, गंगा मा.वि. बाहानेबाट नारायण पौडेल र हिमशिखर प्रा.वि.कि कमला बुढा सम्मानित भएका  छन  ।

त्यस्तै गौमुखी गाउँपालिका अन्तर्गत जनसहयोगी आधारभुत विद्यालयका शिक्षक अमृत के.सी., जनज्योति आधारभुत विद्यालयबाट तुलसी गिरी, गौमुखी आधारभुत विद्यालयबाट जिता बुढा, झिमरुक गाउँपालिका अन्तर्गत चिरायु मा.वि. चिसावाङबाट सिता पोख्रेल, अमर सिह मा.वि. सौतामारेबाट मधु रोका, सीता मा.वि. कुताबाट विमला के.सी., मल्लरानी गाउँपालिका अन्तर्गत महेन्द्र मा.वि. खंलगाबाट शिक्षक ध्रुव गिरी सम्मानित भएका छन् ।

त्यस्तै ऐरावती गाउँपालिका अन्तर्गत पाटेश्वरी प्रावि पकलाबाट दामोदर शर्मा, शान्ति प्रा.वि.बाट सिमा घर्ति, माण्डवी गाउँपालिका अन्तर्गत गणेश मा.वि. तिरामबाट बलराम पुन मगर, माण्डवी मा.वि.बाट अजिता कार्की, पर्मेश्वरी प्रा.वि.बाट छमा पुन मगर सम्मानित भएको प्रमुख भुसालले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...