News Portal

रेडियो सुन्नुहोस्

रोकियो नगरपालिकाको फोहोर उठाउने कार्य

झुलेनी नेटवर्क२०७९ श्रावण ०४, प्यूठान
७९१ पटक
२०७९ श्रावण ०४, प्यूठान

फोहोर फाल्ने जग्गा विवादका कारण प्यूठान नगरपालिकाले साउन १ गतेदेखि फोहोर संकलन गर्न छाडेको छ । नगरपालिकाले फोहोर फाल्नका लागि भाडामा लिएको जग्गाको म्याद असार मसान्तमा सकिएपछि फोहोर उठाउन छाडेको हो । जग्गा धनीले फोहोर फाल्नको लागि जग्गाको म्याद थप्न मानेका छैनन् ।

 

नगरपालिकाले आफ्नो प्रशासकीय भवन भन्दा तल झिमरुक फाँटमा फोहोर फालेर व्यवस्थापन गर्दै आइरहेको थियो । यो ठाउँमा नगरपालिकाले फोहोरको वर्गीकरण गरेर मल बनाउने भन्दै लाखौँ खर्चेर भौतिक संरचना समेत निर्माण गरेको छ । साविकको जिल्ला विकास समिति मार्फत प्यूठान नगरपालिका ४ स्थित कार्कीडाँडा क्षेत्रमा करडौ खर्चेर निर्माण गरिएको डम्पीङसाइडमा स्थानीयले फोहोर फाल्न नदिएपछि नगरपालिकाले यहाँ वैकल्पिक व्यवस्था गरेको थियो ।

 

फोहोर उठान रोकीपछि बिजुवार, बाग्दुला, जुम्री क्षेत्रका बजारबासीले गुनासो गर्न थालेका छन । फोहोर फाल्ने क्षेत्रको व्यवस्थापन गरेर फोहोर उठाउने कार्यलाई निरन्तरता दिनेगरि नगरपालिकाले तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत महेशकुमार गुरुङले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...