News Portal

रेडियो सुन्नुहोस्

रोकियो नगरपालिकाको फोहोर उठाउने कार्य

झुलेनी नेटवर्क२०७९ श्रावण ०४, प्यूठान
९२० पटक
२०७९ श्रावण ०४, प्यूठान

फोहोर फाल्ने जग्गा विवादका कारण प्यूठान नगरपालिकाले साउन १ गतेदेखि फोहोर संकलन गर्न छाडेको छ । नगरपालिकाले फोहोर फाल्नका लागि भाडामा लिएको जग्गाको म्याद असार मसान्तमा सकिएपछि फोहोर उठाउन छाडेको हो । जग्गा धनीले फोहोर फाल्नको लागि जग्गाको म्याद थप्न मानेका छैनन् ।

 

नगरपालिकाले आफ्नो प्रशासकीय भवन भन्दा तल झिमरुक फाँटमा फोहोर फालेर व्यवस्थापन गर्दै आइरहेको थियो । यो ठाउँमा नगरपालिकाले फोहोरको वर्गीकरण गरेर मल बनाउने भन्दै लाखौँ खर्चेर भौतिक संरचना समेत निर्माण गरेको छ । साविकको जिल्ला विकास समिति मार्फत प्यूठान नगरपालिका ४ स्थित कार्कीडाँडा क्षेत्रमा करडौ खर्चेर निर्माण गरिएको डम्पीङसाइडमा स्थानीयले फोहोर फाल्न नदिएपछि नगरपालिकाले यहाँ वैकल्पिक व्यवस्था गरेको थियो ।

 

फोहोर उठान रोकीपछि बिजुवार, बाग्दुला, जुम्री क्षेत्रका बजारबासीले गुनासो गर्न थालेका छन । फोहोर फाल्ने क्षेत्रको व्यवस्थापन गरेर फोहोर उठाउने कार्यलाई निरन्तरता दिनेगरि नगरपालिकाले तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत महेशकुमार गुरुङले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...