News Portal

रेडियो सुन्नुहोस्

वर्डलिंकको अप्टिकल फाइवरमा अज्ञात व्यक्तिद्वारा पटकपटक क्षति

सुजता थापा क्षेत्री (भण्डारी)२०७९ श्रावण ११, प्यूठान
८७७ पटक
२०७९ श्रावण ११, प्यूठान

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्डलिंक कम्यूनिकेसन्स लिमिटेड जिल्ला शाखा प्यूठानले बिच्छाइएको तार (अप्टिकल फाइवर) पटक–पटक काटिदै आएको छ । सेवा विस्तारको लागि प्यूठान नगरपालिका ७ र मल्लरानी ४ जोड्ने सारिवाङ झोलुङ्गे पुल क्षेत्रमा पटक–पटक तार काटिएको शाखा प्रमुख खगेन्द्र कुस्मीले बताए । श्रावण १ गते राती करिव १० बजे तार काटिएपछि सेवा प्रवाहमा समस्या आइरहेको वर्डलिंक प्यूठान शाखाले जनाएको छ ।

प्यूठानको खलंगामा वितरण बाकस तोडफोड समेत गरिएको प्रमुख कुस्मीले बताए । तार काट्नमा संलग्न व्यक्तिको पहिचान गरि आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय विजुवारमा उजुरी दिएको शाखा प्रमुख कुस्मीले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...