News Portal

रेडियो सुन्नुहोस्

वर्डलिंकको अप्टिकल फाइवरमा अज्ञात व्यक्तिद्वारा पटकपटक क्षति

सुजता थापा क्षेत्री (भण्डारी)२०७९ श्रावण ११, प्यूठान
१०४० पटक
२०७९ श्रावण ११, प्यूठान

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्डलिंक कम्यूनिकेसन्स लिमिटेड जिल्ला शाखा प्यूठानले बिच्छाइएको तार (अप्टिकल फाइवर) पटक–पटक काटिदै आएको छ । सेवा विस्तारको लागि प्यूठान नगरपालिका ७ र मल्लरानी ४ जोड्ने सारिवाङ झोलुङ्गे पुल क्षेत्रमा पटक–पटक तार काटिएको शाखा प्रमुख खगेन्द्र कुस्मीले बताए । श्रावण १ गते राती करिव १० बजे तार काटिएपछि सेवा प्रवाहमा समस्या आइरहेको वर्डलिंक प्यूठान शाखाले जनाएको छ ।

प्यूठानको खलंगामा वितरण बाकस तोडफोड समेत गरिएको प्रमुख कुस्मीले बताए । तार काट्नमा संलग्न व्यक्तिको पहिचान गरि आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय विजुवारमा उजुरी दिएको शाखा प्रमुख कुस्मीले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...