News Portal

रेडियो सुन्नुहोस्

  प्यूठान लगाएत देशका केहि स्थानमा भारी वर्षा, पर्सिदेखी माैसममा सुधार हुने

झुलेनी पाेष्टसाउन १४
११३८ पटक
साउन १४

प्यूठान,  आज  प्यूठान सिहित देशका  केहि स्थानमा पानी परिरहेकाे छ ।  देशका केहि  प्रदेशमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश-१, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । गएराति लुम्बिनीमा ठूलो पानी परेको थियो । अरु ठाउँमा हल्कादेखि मध्यमखालको पानी परेको छ ।

अबका तीन दिन सोमवारसम्म नै पानी पर्ने अनुमान छ । त्यसपछि मनसुन केही कमजोर हुन सक्ने देखिएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकामा आज बिहान आकाश धुम्मिएको छ । अहिले मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर ठाउँ आसपासमा रहेको छ भने पूर्वमा सरदर ठाउँभन्दा केही उत्तरतिर रहेको छ ।

निरन्तर पानी पर्दा जमिन भिजिरहने भएकाले पहिरोको जोखिम हुने तथा नदी/खोलामा बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन पनि मौसमविद्ले आग्रह गरेका छन् । केही दिनदेखि पानी परेपछि तराई क्षेत्रमा राहत भएको छ ।

प्रदेश-२, लुम्बिनीसहित तराई क्षेत्रमा गर्मी केही घटेको छ । तर सोमवारपछि मनसुन कमजोर हुने देखिएकाले फेरि गर्मी बढ्न सक्ने देखिएको मौसमविद् श्रेष्ठले बताउनुभयो । यो हप्ता तराई क्षेत्रमा परेको पानीले धान रोपेका ठाउँमा रोपो मर्नबाट जोगिएको महोत्तरीका किसान रामविनोद महतोले बताउनुभयो । पछिल्लो वर्षाले धान, उखु, तरकारी र फलफूलका बिरुवालाई पनि राहत भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...